दाङ , भदौ २९ । तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले आँफुलाई समन्वय गर्ने जिम्मेवारी दिएमा ६ महिना भित्रै दाङको टरिगाउँ एयरपोर्ट बनाएर देखाइदिने बताएकी छन ।
तुलसीपुर उद्योग बाणिज्य संघले बुधबार बिहान आयोजित छलफल कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएकी थिइन ।
कार्यक्रममा मेयर टीकाराम खड्कापनि उपस्थित थिए । मेयरले बजार ब्यबस्थापन बारे भनाई राखेका थिए । त्यसपछि बोलेकी उपमेयर चौधरीले मेयरलाई सम्बोधन गर्दै आँफुलाई आशंका नगर्न र जिम्मेवारी दिन सार्वजनिक रुपमै आग्रह गरेकी थिइन ।
‘ म बिनम्र अनुरोध के गर्न चाहान्छु भने मेयरसापलाई, उहाँ अति बिजी हुनुहुन्छ र उहाँलाई संयोजक राखेर पैंशा नभएपनि जे जे गर्नुुहुन्छ गर्नुस भनेर समन्वयको जिम्मेवारी दिइयोस,’ उनले अगाडि भनेकी थिइन ‘ म जहाँ जे गरेर हुन्छ , पैंशा आँफै खोजेर भएपनि म एयरपोर्ट बनाएर देखाइदिन्छु ।’
उपमेयरले सार्वजनिक रुपमै त्यति बोलेपछि उपस्थित सम्पूर्ण उद्योगी ब्यबसायीले गडगडाहट तालीले स्वागत गरेका थिए । त्यत्ति मात्रै हैन उपमेयर चौधरीले आँफुलाई अनावश्यक शंका नगर्नपनि मेयर खड्कालाई आग्रह गरेकी थिइन ।
‘ तपाँई र म एउटै पार्टीको हैन,’ उनले भनेकी थिइन ‘ मैले राम्रो गरे जस त तपाँईले नै लिने हो नि , कि हैन र ?’ उनले आँफुलाई राम्रो काम गर्दा नरोक्न तथा त्यसका लागि अधिकार दिनपनि आग्रह गरेकी थिइन ।
उपमेयर चौधरीले एयरपोर्टबाट इन्धन भर्ने बाउजर बाहिरी जिल्ला लैजान खोजिएपछि आँफै एयरपोर्ट पुगेर गेटमा तालाबन्दी गरेकी थिइन ।
त्यसपछि एयरपोर्टबाट छलफल गर्न भन्दै चौधरीको नामबाट स्थानीय पत्रकारलाई फोनमा म्यासेज मार्फत सार्वजनिक रुपमा निम्ता दिइएपनि मेयर खड्काले उपमेयरको उक्त कदम रोकिदिएका थिए ।
उपमेयरको नामबाट सूचना पत्रकारहरुलाई आएको सोही दिन बेलुका फेरि तत्कालका लागि एयरपोर्ट बारेको छलफल स्थगित भएको सूचना दिइएको थियो ।
त्यसबारे बुझ्न खोज्दा उपमेयर चौधरीले मेयर खड्काले आँफुलाई माइनस गर्न खोजेको भन्दै रोक्न लगाएको भन्दै आपत्ति जनाएकी थिइन । त्यसयता मेयर र उपमेयरका बीचमा चिसो बढ्दै गएको जानकारहरु बताउँछन् ।
कार्यक्रममा उपमेयर चौधरीले तुलसीपुर क्षेत्रमा रहेका अतिक्रमित फुटपाथ हटाउने र पार्किङ भएका ठाउँहरुको खोजी अभियान आँफुले संचालन गर्न थालेको बताएकी थिइन ।
केही दिन पहिले मात्रै चौधरी पार्किङ स्थल खोजी गर्दै बजारमा हिडेकी थिइन । फलस्वरुप केही बैंकहरुले अण्डग्राण्ड पार्किङलाई उपयोगमा ल्याएका छन् ।
उपमेयर चौधरी सामाजिक क्षेत्रबाट राजनीतिमा आएकी ब्यक्ति हुन ।
यसअघि उनी कुनैपनि राजनीतिक दलमा कहिलै आवद्ध नभएको बताउने गर्थिन । चौधरीलाई नेकपा एमालेले गत स्थानीय निर्वाचनमा एकाएक उम्मेदवारका रुपमा प्रस्तुत गरेको थियो ।
उनले तुलसीपुर–६ स्थित आफ्नै घरमा ‘दिदी घर’ संस्था बिगतदेखि नै संचालन गर्दै आएकी छिन । जहाँ असहाय बालबालिकाको संरक्षण र शिक्षा दिक्षा दिने गर्छिन ।
तुलसीपुर – १३ फूलबारीको गरिव परिवारमा जन्मिएकी स्यानीले निकै कष्ट उठाएर बिद्यालय शिक्षा पुरा गरेकी थिइन ।
त्यसपछि जागिर खाँदै उनी बिदेश पुगेर आर्जन गरेको पैंशाले तुलसीपुरमा जग्गा किनेर घर बनाएकी थिइन ।
तुलसीपुर १९ मा बस्ने मेयर खड्का भने आँफुलाई सुकुम्बासी भएको बताउँदै आएका ब्यक्ति हुन । उनी हालसम्म पनि ऐलानी जग्गामा घर बनाइ बस्दै आएका छन् ।
यो पनि… आफ्नै निर्णयबाट पछि हटिन ‘स्यानी’