२०८२ असार ७ गते आइतवार

निर्वाचन आयोगले आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दै

काठमाण्डौ ,भदौ २९ । निर्वाचन आयोगले आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दैछ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावबारे केन्द्रित रहेर समसामयिक विषयमा छलफल गर्न प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाइएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले जानकारी दिए ।

निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको आचारसंहितालाई लिएर प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

आजको बैठकमा यसबारे पनि छलफल केन्द्रित हुनेछ । आयोगले दिउँसो १२ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।

प्रकाशित निर्वाचन आचारसंहितामा कुनै पनि मन्त्री र जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भइ खटिन नपाउने व्यवस्था उल्लेख छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव आउन अब ६७ दिन बाँकी छ ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *