२०८२ असार ६ गते शनिवार

दाङ क्षेत्र न ३– बाट राजेन्द्र प्रसाद धितालको उम्मेदवारी घोषणा

तस्विर ः फरककोण ।

तुलसीपुर,भदौ २१ । नेपाली काग्रेसका नेता राजेन्द्र प्रसाद धितालले दाङ क्षेत्र न ३ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

उनले मगलबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि अगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन । नेपाली काङ्ग्रेसका स्व.नेता खुमबहादुर खडकाको सहयोगीको भुमिका खेलेका धितालले पार्टीमा गुटबन्दीको कारणले नाम सिफारिसमा नपरेको बताउँदै आफुले कुनै गुटबन्दीमा नरही उम्मेदवारी दिने सोचमा रहेको बताए ।

आफुलाइ नेपाली कांग्रेसका सिपाहि समेत मान्ने धिताल स्व.नेता खुमबहादुर खडका र स्व.बिपि कोइरालाको सिद्धान्तलाई आत्मसात गर्दै राजनीतिमा सक्रिय रुपमा लागेको बताए । उनले नेपालको भएका प्रत्येक आन्दोलनमा अहोरात्र खटेर अगुवाइ गरेको दावी पनि गरे ।

उनले समय अनुसार नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताए । तर उनले आफू माथीको कुनै नेताले निर्बाचनमा टिकट पाएमा भने आफू पछि हटेर पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा नेपाली काग्रेसका नेता प्रसाराम भुसालले पश्चिम दाङले युवाको नेतृत्व खोजिरहेको हुँदा नेता राजेन्द्र प्रसाद धिताललाई निर्वाचनमा अगाडि सारिएको बताए ।

उनले पुरानै ब्यक्तीको नाम पटक – पटक दो¥याउने प्रवृत्तिलाई अन्त्य गर्न पार्टीलाइ सुदृढ बनाउन र पश्चिम दाङको बिकासका लागी विवाद रहित ब्यक्ती धिताललाई जिताउन आग्रह गरे ।

पत्रकार सम्मेलनको सञ्चालन रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *