२०८२ असार १ गते सोमवार

तुलसीपुरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा

तुलसीपुर,भदौ २० । तुलसीपुर उपमहानगरपालिका स्तरीय स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ ।

आइतबार एक कार्यक्रमका बिच वार्षिक समिक्षा गोष्ठी सुरु भएकोे हो । जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख ओमपी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगपालिकाका नगर प्रमुख टीकाराम खडकाले मानव जिवनका लागि स्वास्थ्य महत्वपुर्ण भएकोले यस तर्फ स्वास्थ्यकर्मीहरुले बिषेश ध्यान दिन जरुरी रहेको बताए ।

वार्षिक रुपमा स्वास्थ्य सेवाबाट कति नागरिक लाभान्वित भए भनि समिक्षा गर्दै समुदायमा देखिने गरि सेवालाई बढाउन आग्रह गरे ।

स्वास्थ्यकर्मीहरूले निरन्तर आफ्नो कामको समिक्षा गर्न जरूरी रहेको बताउँदै नगर प्रमुख खड्काले समिक्षाले स्वास्थ्य क्षेत्रलाई थप विकास गर्दै लैजानका लागि दृष्टिकोण र मूल्यांकन प्रदान गर्ने समेत बताए ।

कार्यक्रममा उप–मेयर स्यानी चौधरी स्वास्थ्यकर्मिले गरेका कामहरु सराहनीय रहेको तर्क गरिन । उनले यहाँका नागरिकलाई बिस्वासिलो र गुणस्तरीय सेवा दिन सकेमा जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विस्वास व्यक्त गरिन ।

त्यस अवसरमा जनस्वास्थ्य निरिक्षक बिमल केसीले स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगतिका बारेमा जानकारी दिएका थिए ।

बितेको एक वर्षमा उपमहानगरपालिका भित्रका स्वास्थ्य संस्थाबाट खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए । उनका अनुसार पबननगर,उरहरी,फुलबारी,मानपुर,डुरुवाका बर्थिङ सेन्टरबाट २ सय ४८ जनाले प्रसुति सेवा लिएका छन । शाखाले वितेको वर्षमा विभिन्न रोग लागेका ३० जना विपन्न नागरिकहरुलाई उपचार कोष मार्फत निशुल्क सेवा लिन प्रदेशमा सिफारिस गरेको बताए ।

समग्रमा तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा गएको वितेको वर्षमा स्वास्थ्य सेवाले फट्को मारेको केसीको भनाई छ ।

जनस्वास्थ्य प्रवद्र्धन शाखाका फोकल पर्सन बिष्णु कुमार गिरिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक बिमल केसीले गरेका थिए ।

२ दिने गोष्ठीमा उपमहानगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *