२०८२ असार ४ गते बिहिवार

रुपन्देही–२ बाट विष्णु पौडेल सर्वसम्मत सिफारिस

बुटवल,भदौ १९ । नेकपा एमालेले रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सिफारिस गरेको छ ।

क्षेत्र नं. २ को क्षेत्रीय समितिको आइतबार बसेको बैठकले पौडेललाई सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय संयोजक बाबुराम पन्थीले जानकारी दिए ।

प्रदेश सभा सदस्य उम्मेदवारहरुको टुंगो २२ गतेसम्ममा लाग्ने पन्थीले बताए । रुपन्देही–२ पौडेलले लगातार तीनपटक जित्दै आएको क्षेत्र हो ।

रुपन्देही–२ मा कांग्रेसले युवराज गिरी, व्यवसायी चुन्नप्रसाद पौडेलसहित ५ जना र नेकपा एकीकृत समाजवादीले राजु गुरुङलाई सिफारिस गरिसकेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *