२०८२ जेष्ठ ३० गते शुक्रवार

सहकारीमा एकताको खाँचो छ ः वडाध्यक्ष जिसी

तुलसीपुर,भदौ १८ । नब बिहानी तरकारी तथा बिउ उत्पादन कृषक सहकारी संस्थाको १३ औँ साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका वडा न. ७ स्थित कालाखोलामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष दामोदर पोखरेलको अध्यक्षता तथा तुलसीपुर न ७ का अध्यक्ष राम बहादुर जिसिको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । त्यस अबसरमा सम्बोधन गर्दै प्रमुख अतिथी जिसिले सहकारीमा एकताको खाचो रहेको बताए ।

सहकारीको ऐन अनुसार काम गर्नका निम्ती एकले अर्कामा सहयोगको भाबनाको बिकास हुन जरुरी रहेको उनले बताए । साथै उनले संस्थाको भवन निमार्णका लागि वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष टोपलाल भुसाल,सस्थाका पुर्ब अध्यक्ष सल्लाहकार एकराज ढकालले पछिल्लो समय अत्याधिक मात्रामा सहकारी संस्थाहरु सञ्चालन हुदाँ संस्था फस्टाउन नसकेको गुनासो गरे ।

त्यस्तै महिला सशक्तीकरण बचत तथा ऋण सहकारी संस्था अध्यक्ष पदमा कंडेल,शिव शक्ति सहकारी सस्थाका कोषध्यक्ष श्रीधर पौडेलले समाज उत्थानका लागि आबद्ध भएको सहकारीका कृषकहरु सरकारबाट ठगिएको बताए । त्यस अबसरमा कृषक बुद्धिबहादुर बस्नेत,तुलसा सुबेदिले सुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा संस्थाका कोषााध्यक्ष थानेस्वर घिमिरेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उक्त सस्थामा गत बर्षको तुलनामा १५ प्रतिशत सेयर बढेको छ भने हाल सम्म २३ लाख ७४ हजार ७ सय ५६ बचत रकम संकलन भएको छ ।

सस्थाले कृषकहरुका लागि रोजगारी प्रदान गर्नुका साथै गरिवी निवारणका लागि आर्थिक प्रबर्द्धन गर्दै आएको छ । संस्थामा हाल ९० जना बचत कर्ता सेयर सदस्य १५१ छन ।

त्यस्तै आगामी दिनमा संस्थाकोे भबन निर्माण गर्ने,बचत शुल्क बढाउने,कर्मचारी राख्ने लगाएतका योजनाहरु रहेको संस्थाका अध्यक्ष दामोदर पोख्रेलले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष भिमा डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सस्थाका सचिब टोपिलाल शर्मा ढकालले गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *