२०८१ चैत्र ३ गते आइतवार

तीजको उल्लासमा चट्याङले दुई किशोरीको मृत्युपछि गाउँ डुब्यो शोकमा

तुलसीपुर, भदौ १५ । तीजको उल्लासमा चट्याङले दुई किशोरीको मृत्यु भएपछि घोराहीको एक गाउँ शोकमा डुबेको छ ।


घोराही उपमहानगरपालिका वडा नं. १२ गुँरौं गाउँका १६ बर्षीया दीपा घर्ती र १९ बर्षीया मनिसा शाहको चट्याङ परेर घटनास्थलमै मृत्यु भएपछि गाउँ शोककमा डुबेको वडाध्यक्ष द्रोणबहादुर बहकरी क्षत्रीले बताए ।


दिनभर गाउँकै स्थानीय एक डाँडोमा गाउँ घरका महिला दिदी बहिनी भेला भइ नाचगान गरी बेलुका साढे ६ बजेतिर पूजा आरधनाका लागि घर तर्फ फर्किने क्रममा बाटोमा उनीहरुमाथि चट्याङ परेको थियो ।


पूजा आरधनाका लागि फर्कदै गर्दा बाटोमा हिडिरहेको समयमा स्थानीय कुलबीर बुढाको घर नजिकै उनीहरु माथि चट्याङ परेको थियो । जसका कारण अन्य नौं जना महिला दिदी बहिनीपनि बेहोस भएका थिए ।


ती मध्य घाइते थप चार जनालाई डोकेमा बोकेर घोराही बजारस्थित अस्पताल ल्याउन थालिएको छ ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमका अनुसार घटनाका चार जना मध्यम खाले घाइतेहरु मध्य १५ बर्षीया निरुता शाह, २० बर्षीया जयन्ती घर्ती, १६ बर्षीया यमसरी थापा र ३८ बर्षीया यमकुमारी शाहलाई डोकोमा राखी मानिसले बोकेर उपचारका घोराही बजार तर्फ ल्याउन थालेको डिएसपी गौतमले बताए ।


प्रहरीका अनुसार उनीहरु चार जना सबै बोल्ने सक्ने अवस्थाका छन् । ती बाहेक अन्य पाँच जनाको अवस्था सामान्ने रहेको छ ।
सुरुमा प्रहरीले थप १२ जना घाइते रहेको बताएको थियो । पछिल्लो समय नौं जना मात्रै घाइते रहेको जानकारी प्रहरीले दिएको छ ।
घटनास्थल दाङ र रोल्पाको सीमाना क्षेत्र पहाडी क्षेत्र हो । गुरौं गाउँमा पुग्न प्रहरीलाई पैदल चार घन्टा लागेको डिएसपी गौतमले बताए । प्रहरी बिहान १० बजे मात्रै घटनास्थल पुगेको थियो ।

मृतकको शबपनि डोको मै बोकेर पोष्ट मार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याउन थालिएको उनले जानकारी दिए । बाटो नभएको ठाउँसम्म सबैलाई डोकोमा बोकेर ल्याउने र बोटो भएको ठाउँदेखि प्रहरी र नगरपालिकाको गाडीले अस्पताल सम्म ल्याउने तयारी गरिएको छ ।

यो पनि हेर्नुहोस । घोराहीमा चट्याङबाट २ जनाको मृत्यु, १२ घाइते

प्रकाशित मिति : २०७९ भाद्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *