तुलसीपुर, भदौ १५ । घोराहीमका चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । थप १२ जना घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १२ गुरगाउँमा चट्याङ् लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
घटनाबारे बुधबार बिहान ७ बजेपछि मात्रै वडाध्यक्ष द्रोणबहादुर बहकरीले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल तर्फ प्रहरी खटाइ सकेको उनले बताए ।
घटनास्थल पुग्न झन्डै ५ घन्टा पैदल हिड्नु पर्ने हुँदा मृतक पहिचान खुलिनसकेको डिएसपी गौतमले जानकारी दिए ।
‘ त्यहाँ फोन सम्पर्कसमेत हुन सकेको छैन,’ उनले भने ‘ प्रहरी पुगेपछि मात्रै मृतक र घाइते बारे भन्न मिल्ला ।’
प्रकाशित मिति : २०७९ भाद्र १५ गते बुधवार