२०८२ असार ४ गते बिहिवार

माइती जान लागेका २ महिलाको अटो दुर्घटनामा मृत्यु

दाङ, भदौ १४ । माइती जान लागेको दुई महिलाको अटो दुर्घटनामा परि मृत्यु भएको छ । थप पाँच जना घाइते भएका छन् ।

सोमबार बेलुका साढे ५ बजेतिर अटो दुर्घटना हुँदा सल्यानको कालिमाटी गाउँपालिका वडा नं. १ लक्ष्मीपुरकी ३६ बर्षीया धनीकुमारी पुन र अन्दाजी ६० बर्षीया कमलाकुमारी पुनको मृत्यु भएको छ ।

जिल्ला अस्पताल पु¥याए लगतै पुन दुई घाइतेलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले घाइते हुनेमा २१ बर्षीया अमृता बबाल र उनका वर्ष ४ का छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी छोरी ६ बर्षीया अस्मिता पुन घाइते भएका छन् ।
घाइते मध्य चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन । घाइतेको जिल्ला अस्पताल खलंगामा उपचार जारी छ ।

जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. १ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो शारदा नगरपालिका वडा नं.१० नयाँ बस्तिमा सोमबार बेलुकी साढे ५ बजेतिर दुर्घटनामा परेको हो ।

क्षमताभन्दा धेरै बढी यात्रु बोकेका कारण अटो अनियन्त्रित भएर दुर्घटनामा परेको पूर्व अनुमान गरिएको खनालले बताए ।

तीज पर्वको दर खानका लागि माइतीले बोलाएपछि माइत जाँदै गरेका महिलाहरु दुर्घटनामा परेको प्रहरीले बताएको छ । अटो सडकदेखि करिब १०० मिटर तल खसेको छ ।

उकालोमा अटो ब्याक भएका कारण दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *