२०८१ चैत्र १४ गते बिहिवार

काँग्रेस क्षेत्र न.१ मा ५ जना सल्लाहकार नियुक्त,प्रबक्तामा अजय न्यौपाने

शिव राज खनाल, देउखुरी,भदौ १२ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ देउखुरीले ५ जनालाई सल्लाहकारमा चयन गरेको छ । क्षेत्रिय समितीले १ जना प्रबक्ता र १ जनालाई आमन्त्रित क्षत्रिय सदस्यमा समेत चयन गरेको छ ।

नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति भेषराज पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकले सँगठनलाई तुरुन्त र दुरुस्त रुपमा अगाडि बढाउन सल्लाहकारमा नियुक्त गरेको दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले बताए ।

क्षेत्रिय समितीको क्षेत्राधिकार भित्र पर्ने विभिन्न पालिका र वडाहरुबाट समाबेसी तवरले सल्लाहकार हरु चुनिएको छ ।

क्षेत्रिय समितीको सल्लाहकार हरुमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी बाट शुसिला चौधरी, गढवा गाउँपालिका वडा नम्बर ६ बाट सकुन्तला डिसी, घोराही उपमहानगर पालिका वडा नम्बर ५ बाट खड्क बहादुर बिक, राजपुर गाउँपालिका वडा नम्बर ३ बाट रामप्रताप यादब र लमही नगरपालिका वडा नम्बर ५ बाट रत्न प्रसाद श्रेष्ठ सर्बसहमती बाट चयन भएका छन ।

क्षेत्रिय समितीले क्षेत्रिय सदस्य अजय न्यौपानेलाई समितीको प्रबक्तामा नियुक्त गरेको छ ।

त्यस्तै आमन्त्रित वडा सदस्यमा खनेश्वर गुप्ता (भुलन) नियुक्त भएको प्रबक्ता अजय न्यौपानेले जानकारी दिए ।

बिधान अनुसार पार्टीको सँगठनलाई मजबुत बनाउन विभिन्न समितीहरु गठन गर्दै जाने क्षेत्रिय सभापती भेषराज पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *