तुलसीपुर, भदौ १२ । नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काको नयाँ शालिक निर्माण गरिने भएको छ ।
तुलसीपुर नगर सभापति सुरेश हमालले नयाँ शालिक निर्माण गर्न थालिएको समाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
शनिबारदेखि नै स्वर्गिय नेता खड्काको नयाँ शालिक निर्माण प्रक्रिया सुरु भइ सकेको उनले उल्लेख गरेका छन् । अली राम्रो र अली मूल्यबान शालिक निर्माण गर्न थालेको पनि उनले जनाउ दिएका छन् ।
भदौ १० गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ इन्द्रनगरस्थित नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ को पार्टी कार्यालयमा स्थापना गरिएका स्वर्गिय नेता खड्का, लौहपुरुष गणेशमान सिंह र संस्थापक नेता बिपी कोइरालको शालिक एक कार्यक्रमका बीच अनाबरण गरिएको थियो ।
अनावरण लगतै स्वर्गिय नेता खड्काको शालिक देख्ने र हेर्नेहरुले नमिलेको भन्दै असुन्तुष्टि पोखेका थिए ।
त्यसबारे फरककोणमा समाचार प्रकाशित भएपछि नगर कार्यसमितिले नमिलेको अहिलेको शालिकको ठाउँमा नयाँ शालिक निर्माण गर्ने निर्णय गरेको हो ।
पूर्व गृहमन्त्रीसमेत रहेका स्वर्गिय खड्काको शालिकको अनुहारमा मात्रै कालो रंगले पोतिएको प्रतिपनि नेपाली काँग्रेसका नेता कार्यकर्ताले आलोचना गर्दै आएका थिए । ब्यापक आलोचना र बिरोध भएपछि नगर कार्यसमिति नयाँ शालिक निर्माण गर्न बाध्य भएको स्रोत दाबी गर्छ ।
कतिपयले गणेशमानको शालिकसमेत नमिलेको कुरा गर्दै आएका छन् । बिपीको शालिक भने पहिले तुलसीपुरको बिपी चोकमा राखिएको शालिक हो । त्यसैले त्यसमा कसैले खोट लगाएको देखिएन ।
नगर सभापति सुरेश हमालका अनुसार गणेश मान र खुमबहादुरको सालिक ४० ÷ ४० हजार खर्चे गरेर ८० हजारमा खर्चेर निर्माण पछि ल्याइएको हो । यी दुई सालिक घोराही गैरागाउँका जेपी चौधरीले निर्माण गरेका हुन ।
नगर सभापति हमालका अनुसार उनले ब्यक्तिगत खर्चमा नेता खुमबहादुर खड्काको शालिक निर्माण गरेको समाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
तर, हमालले स्वतन्त्र रुपमा लेखिएको समाचारलाई षडेन्त्र र राम्रो देख्न नसक्नेहरुले गरेको रिसको संज्ञा दिएका छन् ।
स्मरण रहोस केही दिन पहिले मात्रै फरककोणले महालको नेतृत्वमा छोटो समयमै पार्टी निर्माण जस्तो उदाहरणिय कार्य भएको भन्दै समाचार प्रकासित गरेको थियो ।
यो पनि पढ्नुहोस ।
खुमबहादुर खड्काको शालिकमा किन कालो पोतिएको हो ?
हमालको नेतृत्व, यसरी फेरियो काँग्रेसको पार्टी कार्यालय