२०८२ जेष्ठ ३० गते शुक्रवार

खुमबहादुर खड्काको शालिकमा किन कालो पोतिएको हो ?

तुलसीपुर, भदौ १० । तुलसीपुर उपमहानगरपािलका वडा नं. ६ स्थित नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ को पार्टी कार्यालयमा शनिबार नेता कार्यकर्ताको बाक्लो जमघट थियो ।

नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाले सभाहल निर्माण पछि उद्घाटन, नेताका शालिक शिलन्यास र तत्कालिन नेकपा माओबादी बाट हत्या गरिएका तथा बेपत्ता पारिएका परिवारका सदस्यलाई सम्मान कार्यक्रम राखेको थियो ।

नगर कार्यसमितिले सभाहल निर्माणमा सहयोग गर्ने सबै दातालाई पनि सम्मान गर्ने कार्यक्रमसमेत थियो ।

नगर सभापति सुरेश हमाल नेतृत्वको टिमले उदाहरण प्रस्तुत गरेको छ । पार्टी कार्यालय चिटिक्क भएको छ ।

झन्डै आधा करोड खर्चेर सभाहल, नगर कार्यसमितिको छुट्टै कार्यालय, पार्टी कार्यालयको वरिपरी पर्खाल, सुन्दर र मजबुत गेट निर्माण गरिएकोमा सबैले प्रसंशा गरिरहेका थिए ।

तर, संस्थापक नेता बिपी, लौह पुरुष गणेशमान सिंह र निडर तथा निर्भिक नेता खुमबहादुर खड्काको शालिक केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी, प्रदेश सांसद शंकर गिरी र जिल्ला सभापति शंकर डाँगीले कपडा हटाएर उद्घाटन गरे त्यसपछि सबैले खासखुस गर्न थाले ।

‘खुमबहादुरको सालिकको अनुहार नै मिलेन । यस्तो सालिक निर्माण गर्न लाउने को हो ?,’ कोही बोलिरहेको थियो ‘ किन हाम्रा नेता खुमबहादुरको अनुहारमा कालो रंगले किन पोतिएको हो । यो त बेहोरा नै मिलेन ।’

दाङ निवासी अग्रज नेता खुमबहादुर खड्काको शालिक अनाबरण पछि केन्द्रीय सदस्य दीपक गिरीले केही बेर निकै नियालेर हरेका थिए । त्यो देखेर कतिपयले भनिरहेका थिए – यो सालिक दीपक दाइलाई पनि मन परेन सायद ।

पार्टी कार्यालयको प्राङगणमा सालिक हेर्न जाने मध्य अधिकाँसको मुखबाट त्यही शब्द निस्कन्थ्यो ‘ हैट खुमबहादुरको शालिकको त बेहोरा नै मिलने । यो त बदमासी भयो । यो हटाएर अर्को राख्नु पर्छ ।’

शालिक निर्माण गर्ने नाममा मिल्दै नमिल्ने सालिक राखेर नेताको अपमान गर्न नपाइने कुरा कतिपयले गरि रहेका थिए ।

कतिपयले गणेशमानको शालिकसमेत नमिलेको कुरा गरिरहेका थिए । बिपीको शालिक भने पहिले तुलसीपुरको बिपी चोकमा राखिएको सालिक भएको हुँदा त्यसमा धेरैले गुणासो गरेको सुनिएन ।

नगर सभापति सुरेश हमालका अनुसार गणेश मान र खुमबहादुरको सालिक ४० ÷ ४० हजार खर्चे गरेर ८० हजारमा खर्चेर निर्माण पछि ल्याइएको हो । यी दुई सालिक घोराही गैरागाउँ जेपी चौधरीले निर्माण गरेका हुन ।

तस्बिर : फरककोण ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *