तुलसीपुर, भदौ १० । नेकपा एमाले शान्ति नगर गाउँपालिकाका नेता डिल्लीबहादुर पाण्डे नेपाली काँग्रेसमा पार्टी प्रबेश गरेका छन् ।
शनिबार तुलसीपुरमा आयोजना कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले पाण्डेलाई नेपाली काँग्रेसमा स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन ।
पाण्डे बैशाख ३० गते भएको स्थानीय तह निवाचनमा शान्तिनगर गाउँपालिका वडा नं. ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
नेकपा एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा भने एमालेले पाण्डेलाई वडा नं. ७ को वडाध्य पदमा उम्मेदवार बनाएको थियो । त्यति उनी पराजित भएका थिए ।
२०७४ सालमा पाण्डे श्रीमतिलाई एमालेले गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनाएको थियो । पाण्डे एमाले भित्र शान्ति नगरका एक लोकप्रिय नेताका रुपमा परिचित थिए ।
त्यस्तै तुलसीपुर उपमहागनरपालिका वडा नं. ११ कटाँहा निवासी बीरबहादुर बस्नेतपनि नेपाली काँग्रेसमा पुनः पार्टी प्रबेश गरेका छन् । बस्नेत २०७४ सालको चुनाब ताका नेकपा एमालेमा पार्टी प्रबेश गरेका थिए ।
बस्नेत साबिक उरहरी गाविसको पूर्व काँग्रेस इकाइ सभापतिपनि हुन । त्यसअघि उनी माओबादीमा आबद्ध थिए ।
बस्नेतको काँग्रेसमा ओहोर दोहोरलाई कतिपयले खिल्ली उडाए पनि कतिपयले उनी आफ्नै घरमा फर्किएको हुँदा त्यसलाई अन्यथा मान्न नहुने तर्क गरिहेका थिए ।
उनी संग सोही गाउँका टेकबहादुर केसीपनि नेपाली काँग्रेसमा पार्टी प्रबेश गरेका थिए ।
काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सचिव सुशिल वलीले शनिबार ८ जनाले काँग्रेसमा पार्टी प्रबेश गरेको फरककोणलाई जानकारी दिए ।
तस्बिर : फरककोण ।