२०८२ जेष्ठ ३० गते शुक्रवार

तुलसीपुरमा काँग्रेसको तीज मिलन कार्यक्रम (फोटो फिचर)

तुलसीपुर, भदौ १ । नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं. ३ (क) ले बुधबार तुलसीपुरमा तीज मिलन कार्यक्रम आयोजना गरेको छ ।

क्षेत्रीय सभापति देबेन्द्र रिजालको अध्यक्षता र जिल्ला सभापति शंकरप्रशाद डाँगीको प्रमुख आथित्यतामा तीज मिलन कार्यक्रम भएको हो ।

कार्यक्रमलाई पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, लुम्बिनी प्रदेश सांसद शंकर गिरी, नेताहरु महादेब शाह, तुलसीपुर नगर सभापति सुरेश हमाल, युवा नेता टीकाराम घर्ती, नेतृ सुष्मा लामिछाने गिरी लगाएत दर्जनौं नेताहरुले शुभकामना ब्यक्त गर्दै पार्टी भित्र मजबुत एकता आवश्यक रहेको बताएका थिए ।

मंसिर ४ गतेको प्रदेश र संघीय निर्वाचनमा एकताबद्ध रुपमा अगाडि बढेर काँग्रेस तथा गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन अपिल गरेका थिए ।

कार्यक्रममा पुगेका दर्जनौ दिदी बहिनी तथा दाजु भाइहरु तीजको भाकामा छमछमी नाचेर मनोरञ्जन गरेका थिए ।

तीज बिशेष कार्यक्रम भएको हुँदा दर खाने कार्यक्रमपनि पार्टी कार्यालयमै राखिएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *