२०८२ असार ४ गते बिहिवार

म यहाँ राज गर्न हैन प्रहरी भएर सेवा गर्न आएको हुँ – डिएसपी मल्ल

तस्विर ः शरद रेग्मी ।

तुलसीपुर, भदौ १ । इलाका प्रहरी कार्यालयको प्रमुखका रुपमा सरुवा भएर आएका डिएसपी पुष्प मल्लले आँफु एक इन्दारी प्रहरी भएर नागरिकको सेवामा खटिने बताएका छन् ।


बुधबार इप्रका तुलसीपुरमा आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी मल्लले आँफुले कसैलाई पनि बायस नगरी सेवा प्रवाहमा तल्लिन रहने बताए । ‘ म यहाँ राज गर्न आएको हैन प्रहरी भएर सेवा गर्न आएको हुँ,’ उनले थपे ‘ एउटा असल प्रहरी प्रहरी जस्तै भएर काम गर्नु पर्छ, तब मात्रै समाजमा शान्ति कायम गर्न संभव हुन्छ ।’


त्यस्तै उनले काम गर्ने क्रममा आँफु र आँफु मातहतका कुनैपनि प्रहरी वा अधिकारीबाट गल्ति भए तुरुन्तै खबर दिएर सच्याउन अबसर दिनपनि आग्रह गरे । ‘एक पटकलाई सच्याउन र सुधार्न मिल्ने कुराहरु भए अवसर दिनुहोला,’ उनले भने ‘ नमिल्ने खाले गल्ति भए नभन्नु होला, सोतह कानुन आकर्षित भइहाल्छ ।’


डिएसपी मल्लले मुख्य गरि तीन बिशषमा ध्यान केन्द्रित गरेर काम गर्ने योजना सुनाए । समाजिक अपराध न्यूनिकरण, महिला तथा बालबालिका माथि हुने हिंसा र लागु औषधको अबैध कारोबार नियन्त्रण गर्न रात दिन नभनी खटिने डिएसपी मल्लले बताए ।
कुनैपनि नागरिक बर्दी बिनाको प्रहरी भएको हुँदा एउटा जिम्मेवार नागरिकले समाजमा भएका र हुने संभावना रहेका घटनाबारे समयमै प्रहरीलाई सूचना दिएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । ‘एउटा मात्रै ज्यान जोगाउन सकियो भने ठूलो कुरा हो,’ उनले भने ।


त्यस्तै उनले बिषादी सेवनबाट हुने लगाएतका आत्महत्या न्यूनिकरणमा समाजसंगै मिलेर काम गर्न तयार रहेको उनले स्पष्ट पारे । ‘महिला र बालबालिका माथि हुने सिंहा बिरुद्ध प्रहरी खरो उत्रने छ,’ उनले भने । त्यस्तै तुलसीपुर क्षेत्र लागु औषधको पनि ट्राञ्जिट प्वाइन्ट बनाउन खोजिएको भन्दै उनले त्यस बिरुद्ध काम गर्ने बताए ।


‘यहाँ भारतबाट प्रशोधित भएको लागु पदार्थ आउने र आसपासका पहाडी क्षेत्रमा प्राकृतिक रुपमा पाइने कच्चा पदार्थ भारत सप्लाइ हुँदै आएको छ,’ उनले भने ‘मेरो प्रयास त्यस्ता गैर कानुनी र समाजलाई कुलतमा फसाउनेहरु बिरुद्ध केन्द्रित हुने छ ।’


कार्यक्रममा नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल लगायत बिभिन्न राजनीतिक दलका नेताहरु, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसे लगाएत बिभिन्न उद्योगी ब्यबसायी, बिभिन्न बैंकमा कार्यरत प्रमुखहरु, बिभिन्न सञ्चार गृहमा कार्यरत पत्रकारहरु, अधिकारकर्मी लगाएतको सहभागिता थियो ।

उनीहरु सबैले हालसालै सरुवा भएर आएका इप्रका नयाँ प्रमुख तथा डिएसपी मल्ललाई बिगतमा तुलसीपुर क्षेत्रमा हुने गरेका अपराधिक घटना, हुन सक्ने घटना बारे अवगत गराउँदै सफल कार्यकालको शुभमाना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *