बाँके,साउन ३१ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताएका छन ।
नेकपा एमाले बाँकेले आज मङ्गलवार कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आउँदो मङ्सिर ४ गते हुने चुनावमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा छ भने ।
पालिका चुनावमा हासिल गरेको मतले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै उनले भने, ‘नीति, सिद्धान्त, विचार र पार्टीको सरकारले गरेका कामहरूले एमाले विजयी हुने बलियो आधार छ ।’
एमालेलाई सबै दल मिलेर घेराबन्दी गरे पनि उनीहरूको लक्ष्य प्राप्त हुन नसक्ने नेता ज्ञवालीले बताए ।
प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार