दाङ, साउन २८ । रूकुम पूर्वमा प्रहरीको जिप दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ। घाइते मध्य रोल्पा घर भइ रुकुम पूर्वमा कार्यरत प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको छ ।
हेलिकोप्टर मार्फत बाँकेस्थित कोहलपुुर मेडिकल कलेज पु¥याए लगतै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
शनिबार पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको थियो । त्यसमा सवार दुई जना डिएसपीसहित ६ जना घाइते भएका थिए।
घाइते ६ जनालाई हेलिकप्टरमार्फत बाँके लगिएको छ । जसमध्ये रूकुम पूर्वका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि छन् ।
घाइतेहरू मध्य कोहलपुरस्थित मेडिकल कलेजमा तीन जनाको र नर्सिङ अस्पतालमा दुई जनाको उपचार भइरहेको छ।
दुर्घटनामा परेका मध्य चालक तथा प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढाको अवस्था पनि गम्भीर रहेको छ।
दुई जना डिएसपीको अवस्था भने सामान्य नै छ। प्रहरी जवान इन्द्र घर्तीपनि घाइते भएका छन् ।