२०८२ असार ६ गते शनिवार

बस्नेत २१ दिनमा पैदल यात्रा गरि काठमाडौं पुगे

पशुपतिनाथमा पुगेर यात्रा बिर्सजन



दाङ, साउन २६ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का युवा तथा नेपाली काँग्रेस तुलसीपुरउपमहानगरका उपसचिव झनक बस्नेत २१ दिन लामो पैदल यात्रा पछि काठमाडौं पुगेका छन् ।

उनी खाली खुट्टा पैदल यात्रामा निस्किएका थिए । बस्नेतले बिहीबार काठमाडौंस्थित पशुपतिनाथमा पुगेर यात्रा बिर्सजन गरेका थिए ।

संघीयता खारेजी र सनातन हिन्दु राष्ट्र नेपालको माग गर्दै बस्नेतले साउन ४ गतेदेखि दाङ जिल्लाको अन्तिम सीमाना कोहलपुर– सुर्खेत सडक खण्डमापर्ने बबई नदी किनारबाट यात्रा सुरु गरेका थिए ।

बस्नेतले आफ्नो यात्रा नेपाली काँग्रसका स्वर्गिय नेता खुमबहादुर खड्का प्रति समर्पित रहेको यात्रा प्रारम्भको क्रममा बताएका थिए ।

यात्राका क्रममा बिभिन्न स्थानमा स्वागत, सम्मान गर्नेदेखि शुभकामना दिने र सहयोग गर्ने सबै प्रति उनले धन्यबाद ज्ञापन गरेका छन् ।

साथै उनले अर्कौ अभियानका बारेमा भविश्यमा सामाजिक सञ्जाल मार्फत अवगत गराउने जानकारी पनि दिएका छन् ।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *