२०८२ असार ५ गते शुक्रवार

स्वास्थ्य राज्यमन्त्री र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुखबीच भेटवार्ता

काठमाडौं,साउन २५ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवबीच स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटमा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए ।

उनले भने, ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोपलगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयोग प्राप्त हुनेछ भन्नेमा विश्वस्त छु ।’

उनले पश्चिम नेपालमा कुपोषण प्रमुख समस्या रहेको भन्दै यस विषयमा पनि पहल गर्न विश्व स्वास्थ्य संगठनलाई आग्रह गरे ।

डा।पाण्डवले नेपालको स्वास्थ्य क्षेत्रमा आफूहरुले सदैव कटिवद्ध भइरहेको लागिरहेको बताए ।

उनले भने, ‘कोरोना रोकथाम, नेपालका प्रमुख रोगहरुको रोकथाममा हामी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेका छौं । नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न के गर्न सकिन्छ, समन्वय गरेर अघि बढौं ।’

विश्वस्वास्थ्य संगठनको कन्ट्री कोअप्रेसनल स्ट्रयाटेजी अनुसार सहयोग गरिने बताए । सो क्रममा विश्व स्वास्थ्य संगठन नेपालका अधिकारी डा.विनोद गुप्ताको पनि उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०७९ साउन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *