२०८२ जेष्ठ ३० गते शुक्रवार

बिरामीलाई घर ल्याउने पैंशा नभएपछि तुलसीपुरकी उपमेयर श्यानी चौधरीले ब्यक्तिगत सहयोग गरिन

तुलसीपुर, साउन २४ । बिरामीलाई घर ल्याउन एम्बुलेन्स खर्च नभएपछि तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरीले ब्यक्तिगत रुपमा सहयोग गरेकी छन ।


मंगलबार आफ्नै कार्यकक्षमा सहयोगको याचनासहित आएका तुलसीपुर – २ खैरीपुरका पुष्कर गिरीलाई उपमेयर चौधरीले नगद १२ हजार आर्थिक साहेता प्रदान गरेकी हुन ।


गिरीकी श्रीमति ३२ बर्षीया सृजना गिरीलाई गत बर्ष मंसिर २ गते बेलुका पाँच बजेतिर भमकेखोला पुलमाथि टिप्परे ठक्कर दिएको थियो । पराल बोकेर सडक खण्डमा हिडिरहेकी सृजनालाई पछाडिबाट ना १ क ९१०५ नम्बरको टिप्परले ठक्कर दिएपछि उनी हालसम्म पनि उपचार गराइ रहेकी छन् ।


सशस्त्र प्रहरीबाट राजीनामा दिएर मौरीतानिया भन्ने देश पछि घर फर्केको १२ दिनका दिन श्रीमति सृजनालाई टिप्परले ठक्कर दिएको पुष्करले बताए । ‘ म पनि परालको भारी बोकेर श्रीमति भन्दा झन्डै ४५ मिटर अगाडि हिडिरहेको थिए,’ गिरीले भने ‘ त्यति नै बेला भारी बोकेकी सृजनालाई पछाडिबाट टिप्परले ठक्कर दिएको थियो ।’

दाङ, नेपालगञ्ज, काठमाडौं लगाएतका अस्पतालहरुमा उपचार गराउँदा हालसम्म श्रीमतिको लागि ४५ लाख जति खर्च भइरहेको सृजनाका श्रीमान पुष्करले बताए । सशस्त्र प्रहरीका पूर्व सहायक हवल्दारसमेत रहेका गिरीले यो बीचमा आँफुले श्रीमतिको उपचारको लागि भएको साढे दूई कठ्ठा खेतपनि बेचि सकेको हुँदा अब थप उपचार गर्ने पैंशा नभएको भन्दै सहयोगको याचना गरेका थिए ।


उनले काठमाडौं ग्राण्डी हस्पिटलमा तीन महिना भर्ना गरि उपचार गर्दा ३५ लाख खर्च भएको बताए । त्यस्तै तुलसीपुरस्थित सिटी हस्पिटलमा एक महिना भर्ना गरि उपचार गर्दा दूई लाख ९० हजार खर्च भएको गिरीले बताए । तुलसीपुर – ८ स्थित मेट्रो हस्पिटलमा साढे तीन महिला उपचार गरेको, सुरुमा तुलसीपुरस्थित लाइफ कियर हस्पिटलमा उपचारका लागि लगेको गिरीले जानकारी दिए । हालसालै काठमाडौं वीर अस्पताल संगैको ट्रामा सेन्टरमा एक हप्ता राखेर उपचार गर्दा ३४ हजार खर्च भएको उनले जानकारी दिए ।


घाइते श्रीमति सृजनालाई काठमाडौंबाट एम्बुलेन्समा घर ल्याउने पैंशासमेत नहुँदा आँफु उपमेयर श्यानी चौधरीसंग सहयोगका लागि याचना गर्न आइपुगेको गिरीले बताएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जिल्ला अदालत दाङमा चालक बिरुद्ध अंगभंग शिर्षकमा मुद्दा बिचाराधिन रहेको बताए ।


गाडी धनी चितवन भरतपुरका इश्वरी कँडेलले उपचारमा लाग्ने खर्च बेहोर्ने सहमति अनुसार रकम नदिएको सृजनाका श्रीमान पुष्करले गुनासो गरे । ‘एक महिना जति भयो आज भोलि गाडी धनि कँडेलले मेरो फोन नै उठाउँदैनन्,’ पुष्करले भने ‘मैले जिन्दगी भर कमाएर राखेको पैंशा सबै श्रीमतिको उपचारमा सक्कि सक्यो अब थप उपचार कसरी गर्ने भन्ने चिन्तामा छु ।’


पुष्करका अनुसार गाडी धनि कँडेलले एक पटक ९ लाख ५५ हजार रुपैंया ग्राण्डी हस्टिलमा दिएका थिए । उपचार खर्च बेहोर्ने सहमति हुँदा थप ५ लाख उनले दिएका थिए । ‘यो बाहेक थप २० लाख उपचार खर्च बेहोेर्ने सहमति भएको हो,’ पुष्करले भने ‘ तर, आज उहाँले फोन नै उठाउनु हुन्न, जस्ले गर्दा श्रीमतिको ज्यान जोखिमा परेको छ ।’


त्यो बाहेक बिमा बाफत ३ लाख रुपैंया सृजनालाई पाइन । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएपी अर्यालले गाडी धनिले केही दिनमै थप रकम पठाउने भनेर आश्वासन दिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *