दाङ, असार २३ । तीन साता अघि सौराहाको सफारी क्लव प्रवेश गरीरहंदा स्वीमिङ पुलमा भरीभराउ युवाहरु झुमिरहेका थिए । हात्ति चौक छिचोल्दै सफारी क्लव प्रवेशसंगै त्यहांको हरीयाली वगैचाले पाहुनाहरुलाइ स्वागत गरीरहेको थियो । राती करीव ९ बजे हामी त्यहां पúेका थियौं । त्यो क्लव मलाइ लाग्छ रातभर निदाएको छैन । मध्यरात सम्म पनि पाहुना आउने क्रम जारी थियो ।
‘विगतका तीन बर्ष हामीलाइ कोरोनाले वेस्सरी थलायो, अहिले भर्खरै मात्र हामी वामेसर्न थालेको हो’, क्लवका प्रवन्ध निर्देशक यादव दुवाडीले भनिरहेका थिए । कोरोनाको कहरले थलिएको सौराह क्षेत्रलाइ उकास्न राज्यले डिमाण्ड शुल्क वाहेक केहि छुट नगरीदिएको त्यहांका व्यवसायीहरुको गुनासो थियो । यद्धपि आफ्नै वलबुताले सौराह फेरी पर्यटकलाइ प्रफुल्लीत भएर स्वागत गरीरहेको छ ।
सौराह खासमा जंगली जनावरका नामले प्रचलित पर्यटकिय क्षेत्र हो । अर्थात यहां केहि साहसिक पर्यटनहरु पनि छन् । चोकहरुका नाम जनावरबाटै राखिएको रहेछ । हात्ति चौक, गैडा चौक, निलगाइ चोक अर्थात…..। त्यहा थुप्रै जंगली जनावरहरुसंग आमनेसामने गर्छन पर्यटकहरु । कतिपयले टेलिस्कोपबाट जनावर तथा पशुपंक्षहरु नियालीरहेका हुन्छन् त कतिपयले जंगलभित्रै प्रवेशगरेर जनावरसंग प्रत्यक्ष साक्षातकार हुने अवसर पनि पाउछन् ।
क्लवका प्रवन्ध निर्देशक दुवाडी भन्छन —‘यहांको मुख्य मनोरन्जन भनेको त जंगल वाकनै हो , जंगलवाक एडभेन्चरमा कतिपय पर्यटक त जनावरको आक्रमणबाट घाइते पनि भएका छन् ।’
जंगलभित्र एक तमासले दौडदा कहिकतै आक्रमणको पनि संभावना हुने गरेको दुवाडीको भनाइ थियो । उनको रिसोर्ट ७० जना सुत्न अटाउने क्षमताको छ । अचेल प्राय पच्चिस प्रतिसत प्याक हुन्छन् । पुरै प्याक हुने भनेको त सेप्टेम्वर पछि हो । त्यो वेला ७० प्रतिसत अकुपाइ हुन्छ । यसलाइनै व्यवसायीहरुले फुल प्याक भएको रुपमा लिन्छन् । आधा भन्दा बढि कोठा बुक भैरहेका हुन्छन् । धेरैजसो त फुलफिलनै । पाहुनाको सत्कार गर्ने सौराहको शैलि प्राय एकै खाले छ । सवैमा स्वीमिङपुल, हात्ति चढ्ने व्यवस्था अनि त्यस्तै त्यस्तै मनोरम वगैचा । शुल्कको कुरा उनले स्पष्ट पार्न चाहेनन् । धेरै महंगो छैन, प्याकेजमा आउने पर्यटकहरुलाइ प्याकेज अनुसारको छुटको पनि व्यवस्था छ सौराहामा ।
सौराहमा यस्ता पर्यटन व्यवसायीहरु कम्तिमा १ सय ५० जति छन् । रुम पनि औषतमा २ हजार रुपैया देखि ३ हजार रुपैया सम्म हो, एसि सुविधा सहितका रुमहरु छन् सवै क्लवहरुमा । सादा खानाको मुल्य ३ सय । मासु खानाको मुल्य औषतमा ५ सय रुपैया भएको त्यहांका व्यवसायीहरुले बताएका छन् ।
एक साता अघि अर्थात साउन १५ गते हामी पश्चिम वर्दियाको ठाकुरद्धारा ववइ रिसोर्टमा गएका थियौं । प्रदेश सरकारले आयोजना गरेको १२ जिल्लाका समन्वय समितिका प्रमुख र उपप्रमुखहरुको अन्तरक्रिया कार्यक्रममा ।
हामी वर्दिया राष्ट्रिय निकुन्ज भित्रको ठाकुरद्धारामा प्रवेश गरीरहंदा कुहिरो भित्र पनि ठाकुरद्धारा हासीरहेको थियो । प्रवेशद्धार नजिकैदेखि विभिन्न नामप्लेटका होमस्टे । होमस्टे रिसोर्ट भन्दा अलिक सस्ता हुदारहेछन् । रिसोर्टको दरभाउ करीव करीव सौराहाको जस्तै थियो । कोठाको सुविधा पनि उस्तै उस्तै ..। जसरी हामी मध्यरातसम्म जाग्राम रह्यौं, ठाकुरद्धारा भने रातभर जाग्राम हुदो रहेछ ।
‘कहिलेकाहि त रातभर जाग्राम बस्नुपर्छ हाउस फुल भएको समयमा’, ववइ रिसोर्टका प्रवन्ध निर्देशक धर्मराज घिमिरेले भनेका थिए । हामी १२ जिल्लाका समुहमा प्रवेशगरेजस्तै अघिल्लो दिनदेखिनै त्यहां वर्दिया जिल्लाको एउटा सहकारीका सन्चालकहरु सहकारी तालिमकालागी गएका रहेछन् । ‘गएको सात त हामीले मध्यरात सम्म यहांका थारु समुदायको सांस्कृतिक प्रस्तुती हेरेका थियौं, आज बर्षात भएकाले भएन’, स्वीमिङ पुल छेउ अडिएका एक जना आन्तरीक पर्यटकले भने । उनी सहकारीकै कार्यकारी पदका व्यक्ति रहेछन् ।
रिसोर्टमा मध्यरात सम्म स्वीमिङमा झुमिरहेका थिए, केहि पाहुनाहरु । हामीले दुवै स्थानमा वाह्य पर्यटकहरु भने देखेनौं । वाह्य पर्यटकहरुलाइ लक्षित गरेर खोलिएका धेरै अर्गानिक रिसोर्टहरु तथा वनस्पती अध्ययन केन्द्रहरु थिए ठाकुरद्धारामा तर वाह्रय पर्यटक नआउनुको कारण सन्चालकहरुकै भनाइमा सिजन सुरु भएको छैन । सेप्टेम्वर पछि धेरैजसो त वाह्य पर्यटकनै हुने गरेको रिसोर्टका निर्देशक घिमिरेले बताए । रिसोर्टले हात्ति पनि पालेको थियो । पाहुनाको डिमाण्ड अनुसार हात्तिमा सयर गर्न सकिन्छ । हात्तिले हात्तिसार क्षेत्रभरी घुमाउछ पर्यटकहरुलाइ । घुमेको समय र दुरीका आधारमा शुल्क तोकिएको छ । एक हजार देखि पाच हुजार रुपैया सम्म पनि लिन्छन् ।
निकुन्ज भित्र वाघ, गैडा, हात्ति, मगर गोहि, गोहिको प्रजनन् केन्द्र तथा थारु संग्रहालय पनि रहेछ, त्यहां । प्रवेश शुल्क एक जनाको ५० रुप्पे मात्रै थियो । तर थारु संग्रहालय दाङको चखौरा जत्तिको क्वालिटिको भने रहेनछ । जैविक विविधताको केन्द्र जस्तै अर्थात नेचुरल रिसर्च सेन्टर पनि थियो, ठाकुरद्धारा ।
अर्को दिन कैलालीको चिसापानीस्थीत कर्णलिपुलमा प’दा पनि आन्तरीक पर्यटकहरुकै घुमघाम बढि देखियो । अचेल फोटो खिच्नेको भन्दा पनि टिकटक बनाउनेहरुको जमात धेरै देखिन्छ जताततै । कर्णालि पुलमा हामीले पनि टिकटक रेकर्डको जमर्को गर्दागर्दे कताबाट एक तमासले हुरी सहितको बर्षातले हामीलाइ फर्कायो आफ्नै गन्तव्यतीर ।
हो सौराह अनिदो छ, ठाकुरद्धारा जाग्राम छ, तर अघिल्लो दिन दाङको तुलसीपुर उपमहानगरपालिका—१९ स्थीत छिल्लीकोट प’दा छिल्लीकोट सुस्ताएको थियो । दर्जन भन्दा बढि होमस्टेहरु खचाखच हुनुको साटो रित्तै जस्ता । अघिल्लो शाल मोहरेको मादल बज्न पाएको छैन । खैचडि र मजुराको आवाज घन्किन पाएको छैन छिल्लीकोटमा । पुर्वाधार नभएर हो वा सुविधा नभएर हो, छिल्लीकोटमा सúन्धित मालागेडिको को मनोरम प्राकृतिक दृश्यावलोकन गर्न पाहुनाहरु छैनन् । एक रात छिल्लीकोटमा कटाउ है भनेर त्यहां प’नेहरु निकै कम छन् । पर्यटन भ्रमण बर्ष सुरुहुदाकै महिना कोरोनाले गाज्यो । त्यसवेलादेखि थला परेको छिल्लीकोट फेरी व्युझिएको छैन ।
दंगिशरण राजाको दरवारको भगनावसेस पर्यटकिय क्षेत्र बन्न सकेको छैन । धारपानी र वराहक्षेत्रले अलिअलि पर्यटक तान्न सफल भएपनि ऐतिहासीक गोरक्ष रतननाथ मन्दीर धार्मिक पर्यटन बन्न सकिरहेको छैन । जंगलकुटि वाघनाथ वावा धामको पर्यटकिय स्वरुप उस्तै छ । पुरन्धाराको छहरा र राजपुरको सुनछहारी झर्नाले पर्यटकहरुलाइ तान्न सकेका छैनन् । किन यसो भैरहेको छ, अचम्म लाग्छ, सायद स्थानिय सरकारले पर्यटनलाइ आर्थिक समृद्धिसंग जोड्न सकिरहेका छैनन् ।