२०८२ बैशाख ११ गते बुधवार

गणपुरक संख्या नपुगेपछि गाउँसभा बैठक स्थगित

बाँके, साउन २३ । डुडुवा गाउपालिकाको १२औ गाउसभामा गणपुरक संख्या नपुगेर स्थागित भएको छ ।

गाउँपालिका अध्यक्षद्धारा आवहान गरिएको १२औ गाउँसभा बैठकमा नेकमा एमाले र जनता समाजबादी पार्टीबाट निर्वाचि बहुमत सदस्यहरु (२६ जना) अनुपस्थित भएकाले सभा स्थगित भएको हो ।

लुम्विनी प्रदेश सरकारको गाउँसभा÷नगरसभाको संचालन सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ को परिच्छेद ३ दफा ७ (१) को प्रावधान बमोजिम १२ औं गाउसभाको प्रथम बैठक स्थगित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।

उनका अनुसार आइतबार दिउसो डाँकिएको बैठकमा बहुमत सदस्य उपस्थित नभएपछि साँझ ५ः३० बजे बैठक स्थागित भएको सूचना जारी गरिएको थियो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जनताका हितमा काम गर्ने भन्दै जनताको हितविपरित कुनै पनि निर्णय नगर्ने स्पष्ट पारे ।

सभामा पत्रकारहरु समक्ष बोल्दै अध्यक्ष चौधरीले कानून विपरित कुनै पनि निर्णय तथा कार्य नगर्ने भन्दै विपक्षी दलका पदाधिकारीहरु विभिन्न बखेडा झिकेर विवाद गरेको बताए ।

जनताले चुनेका जनप्रतिनिधीले काम गर्ने बातावरण नवनाउँदा अनाहकमा जनताले दुःख पाउने भन्दै निकासका लागि अघि बढनुपर्नेमा जोड दिदै समस्या समाधानका लागि तत्काल प्रयत्न गर्ने अध्यक्ष चौधरीले जानकारी दिए ।

गाउँसभा बस्न नसकेपछि गाउँपालिकाले नया आर्थिक वर्ष २०७९/०८० का वार्षिक नीति तथा कार्यक्रम र बजेट समेत ल्याउन सकेको छैन । यसले योजना लगायतका कार्यक्रम प्रभावित भएका छन ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *