२०८२ जेष्ठ ४ गते शुक्रवार

रबीले दाङमा आएर माओबादीको गरे चर्को आलोचना

तुलसीपुर, साउन २० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले दाङमा आएर नेकपा माओबादी केन्द्रका नेताहरुको चर्को आलोचना गरेका छन् ।

दाङको घोराहीमा उक्त पाटीले पहिलो पटक आयोजना गरेको जिल्ला भेलालाई शुक्रबार होटेल माला इनमा सम्बोधन गर्दै लामिछानेले देश बदल्न भनेर सुरु गरिएको युद्धले नेताहरुको हैसियत मात्रै बदलियएको बताए ।


युद्धमा देश बदल्छु भनेर छातिमा तातो गोली थापेकाहरुको पक्षमा र न्यायको लागि आँफू संधै लडि रहने उनले बताए ।
जनताका छोराछोरीको तातो रगतको छिटा बोकेर सिंहदरबार छिरेकाहरुले त्यो छिटाले आफ्नो घर, परिवार मात्रै सजाएको भन्दै उनले आलोचना गरे ।

माओबादीका शिर्ष नेताहरुको बुझाईमा युद्ध ब्यबस्थापन भएको लागेपनि माओबादी युद्धको ब्यबस्थापन भइ नसकेको लामिछानेको तर्क थियो । उनले माओबादी नेताहरु अदालत जानुपनि नपर्ने, जेल जानुपनि नपर्ने, सम्पत्ति सार्वजनिक गर्नुपनि नपर्ने, जनअदालतमा उभिनपनि नपर्ने तर, संधै सत्ताको चास्निमा मात्रै डुविरहने भन्दै आलोचना गरेका थिए ।

कुनै दिन टाउको मूल्य तोक्ने र तोकी माग्नेहरु मिलेर आज देश लुटिरहेको भन्दै बेपत्ता परिवारका सदस्यको खोजीमा भने कोही नलागेको भन्दै आलोचना गरे । उनले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)लाई इंगित गर्दै केही हजार मृत्युको मात्रै जिम्मा लिन्छु भनेर नहुने र अब ती नामहरु सार्वजनिक गर्नुपर्ने माग गरे ।

‘ भन्नुहोस, कस्को कस्को मृत्युको जिम्मा तपाँईले लिन चाहानु भएको हो ? तपाँईले जिम्मा लिने पाँच हजारमा यहाँ उपस्थित केही मानिसका आफन्तको रगतपनि पर्छ कि पर्दैन रु’ उनले सोधेका थिए ।


यस्को जबाफ इतिहासले नसोधि नछोड्ने भन्दै उनले यस्को जबाफ कुनै न कुनै दिन प्रचण्डले नदिइ सुख्ख नपाउने बताए ।
यो प्रश्न अनुउत्तरित भएर युद्ध लडेकाहरुको सरिरमा गोलीका छर्रा रहिरहने, काल्नाहरुमा रगतका टाटाहरु रहिरहने तर जनतालाई सुख्ख दिन्छु, आराम दिन्छु र जिनताको जिवन फेर्छु भन्नेहरु आफ्नो र आफ्नाहरुको जीवन सर्लक्कै फेरेको उनले दोषारोपन गरे ।


उनले आफ्नो पार्टीको नीति र भिजन बारे प्रश्नहरु आइरहेको भएपनि बिगत केही बर्षको अनुभवमा देशका नागरिकले जुन जुन मुद्दामा आँशु झारे त्यो नै राष्ट्रिय स्वतन्त्र पार्टीको मुल मुद्दा र सिद्धान्त त्यही बन्ने उनले स्पष्ट पार्न चाहेका थिए ।


ठूला दलका नेताहरुले आफ्ना कार्यकर्तालाई समेत झुक्याएर ब्यक्तिगत स्वार्थपूर्ति र आफ्ना आफन्तको इच्छा पुरा गर्नका लागि मात्रै तल्लिन रहेको उनको दोषारोपन थियो । ठूला दल भित्र देश बनाउलान भनेर विश्वास गर्न लायकको एकजनापनि नेता नभएको उनले दाबी गरे ।

‘ पाँच बर्ष भित्र यस्ले देश बनाउँछ भन्ने कुनै ब्यक्ति भए मलाई लेखेर दिनुहोस म राजनीति गर्दिन ,’ उनले भने ‘ फेरि मौका पाए भने उनीहरुले आँफले झण्डा हल्लाउने र र आफ्ना आफन्तलाई अबसर दिने बाहेक केही वाला छैनन् ।’


उनले आँफुहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्र नरहेको भन्दै त्यो नहुनुपनि देशका लागि प्रयाप्त हुने उनले ठोकुवा गरे ।


बिहीबार लामिछानेलाई तुलसीपुर आएँदा युवाहरुले घेरेका थिए । घोराहीको कार्यक्रममा पनि युवाहरुको बाक्लो उपस्थिति थियो । धेरै जसो नेपाली काँग्रेस सम्बद्ध युवाहरु उनको कार्यक्रममा पुगेको देखिन्थे ।

प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *