काठमाडौं,साउन २० । सत्ता गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संघ र प्रदेश सभा निर्वाचनसम्मै तालमेल गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले भदौ पहिलो साताभित्र तालमेलको सबै प्रकृया टुग्याउने सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सहमति भएको अन्नपूर्णलाई जानकारी दिए ।
उनले भने, ‘चुनावसम्म नै तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । भदौ पहिलो साताभित्र तालमेलको प्रकृया टुग्याउन कार्यदल गठन गरिनेछ ।’
सरकारले बिहीबार संघ र प्रदेश सभाको निर्वाचन आगामी ४ मंसिरमा गर्ने घोषणा गरेको छ।
निर्वाचनको मिति तय भएसँगै गठबन्धनका दलहरु चुनावी तालमेलबारे तीव्र छलफलमा जुटेका छन्।
प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार