२०८२ चैत्र २ गते सोमवार

बि.आर. डेन्टल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

तुलसीपुर,साउन १९ । दाङको तुलसीपुरमा बि.आर.डेन्टल हस्पिटल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ ।

उक्त हस्पिटलको बिहिवार एक कार्यक्रमका बिच तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले रिवन काटेर उद्धघाटन गरेका छन ।

दाँत तथा मुखमा हुने कुनै पनि स्वास्थ्य समस्याको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने समस्याको अन्त्य गर्ने मुख्य उद्देश्यले तुलसीपुरको ‘क’ लाइनबाट दाँतको सेवा सुरु गरिएको सञ्चालक डा.भुवनेश्वर भुसालले जानकारी दिए ।

उनका अनुसार दाङ लगाएत बाहिरि जिल्लाका नागरिकलाई समेत गुणस्तरीय सेवा पु¥याउने उद्देश्यले ६ वटा सिभिसिटि मेसिन सहित आधुनिक तरिकाले दाँत राख्ने,दाँत निकाल्ने,दाँत सफा गर्ने,दाँतको सेट लगाउने लगाएत दाँत मुख सम्बन्धी सबै सेवा दिइने छ ।

झण्डै डेढ करोडको लगानीमा सेवा सुरु गरिएको डेन्टल हस्पिटलले २४ सै घण्टा सर्वसुलभ सेवा उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *