२०८३ भाद्र ११ गते बिहिवार

गठबन्धन सरकार पूर्ण रुपमा असक्षम भइसक्यो – शंकर पोखरेल

दाङ, साउन १८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकार पूर्ण रुपमा असक्षम भइसकेको बताएका छन् ।

सरकार भ्रष्टचारमा डुबेको तथा देश विकास ठप्प बनेको भन्दै देश संकटमा फस्दै गएको उनले दाबी गरे ।


बुधबार तुलसीपुरस्थित पार्टी कार्यालयमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमाले सरकारमा रहँदासम्म देशको आर्थिक अवस्था सकारात्मक रुपमा रहेको भएपनि अहिलेको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेको बताए ।


आँफुहरु छँदा मुलुकको सोधान्तरणस्थित झन्डै सहत्तरी असी अर्ब बचतको अवस्थामा छोडेको भएपनि गठबन्धन सरकारका कारण एक बर्षको अवधिमा देश पौने तीन खर्ब घाटामा पुगेको उनले दाबी प्रस्तुत गरेका थिए ।


त्यस्तै एमाले सरकारमा रहँदा बिदेशी मुद्राका संचिति ११ महिनाको बस्तु र सेवा आयात गर्न सामथ्र्यको रहेपनि अहिले त्यो घटेर छ महिनामा झरेको महासचिब पोखरेलले उल्लेख गरे ।


पोखरेलले एमाले सरकारमा रहँदा मुलुकको आर्थिक विकाशको प्रक्रियाले तीब्रता लिएको तथा पूँजीगत खर्च गर्ने कुरा बृद्धि गर्दै लगेको भएपनि अहिलेको सरकारले लकडाउनको समयम भन्दा कम पूँजीगत खर्च गरिरहेको भन्दै आलोचना गरे ।


एमालेले सरकार छोड्दा ३।६ प्रतिसतको औषतमा मूल्य बृद्धि दरलाई कायम राख्न सफल भएतापनि अहिले त्यो बढेर ८।५६ प्रतिसत पुगेको पोखरेलले दाबी गरे ।

देशको अर्थतन्त्र संकटमा परेको भन्दै उनले सरकार पूर्ण रुपमा असक्षम साबित भइरहेको दाबी गरे । उत्पादन बृद्धिमा जोड दिनुपर्ने बेलामा, आत्मनिर्भरतामा जोड दिनुपर्ने बेलामा, आर्थिक विकाशमा जोड दिनुपर्ने बेलामा अहिलेको गठबन्धन सरकारले एमालेको सरकारले ल्याएका चौधसय बिकासका आयोजना कटौति गरेर राहात बाँड्न काम गरेको भन्दै उनले आलोचना गरे ।


विकासका दररेटहरु माथि चलखेर गर्ने एक प्रकारको माफिया गिरीको स्थिति अहिलेको सरकारले निम्त्याएको उनले आरोप लगाए । अहिलेको बजेटमा निश्चित ब्यापारिक घरानाको अनुहार देखिने गरेको तथा जनताको हित र कल्याणको प्रश्न कमजोर रहेको उनले टिप्पनी गरे ।


महासचिव पोखरेलले स्थानीय तहको निर्वाचनबाट एमालेले असाधारण रुपमा आफ्नो सामथ्र्य बृद्धि गरेको चर्चा गरे । चुनाबी परिनामका दृष्टिकोणले मात्रै नेपाली काँग्रेस पहिलो पार्टी बनेको भएपनि लोकप्रिय मतका हिसाबले एमाले नै पहिलो पार्टी बन्न सफल भएको भन्दै उनले खुसी साटेका थिए ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *