२०८३ असार २७ गते शनिवार

कि प्राबिधिक रिपोट गलत थियो भनेर सच्याँउ,हैन भने संधै टिन्टरमा चढेर जेटको बिकल्प अन्त्य गर्न सकिदैन – शंकर पोखरेल

तुलसीपुर, साउन १८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले टरिगाउँ एयरपोर्ट विस्तार गर्न संभव नभए बिकल्प खोज्न तयार हुनुपर्ने बताएका छन् ।

महासचिव पोखरेलले भने ‘कि प्राबिधिक रिपोट गलत थियो भनेर सच्याँउ, हैन भने संधै टिन्टरमा चढेर जेटको बिकल्प अन्त्य गर्न सकिदैन ।’

बुधबार तुलसीपुरस्थित पार्टी कार्यालयमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेलले पहिले बाँकेको खजुरामा एयरपोट रहेको भएपनि पछि राँझामा सारेर एयरपोर्टको विस्तार र विकाश संभव भएको उदाहरण दिए ।

त्यस्तै उनले यतिखेर सुर्खेतमा पनि एयरपोर्ट विस्तारको समस्या आइरहेको भन्दै टरिगाउँ एयरपोर्टको लागिपनि विकल्प खोज्न तयार हुनुपर्ने बताएका हुन ।

‘ नेपाली काँग्रेसकै पालामा तयार पारिएको रिपोर्टमा टरिगाउँ एयरपोर्टको विकाश र विस्तार संभव छैन भन्ने प्रतिबेदन छ,’ उनले अगाडि भने ‘ कि त्यो रिपोर्ट गलत गलत थियो भनेर सच्याउँ अहिले काँग्रेसकै सरकार छ हैन भने संधै टुन्टरमा चढेर जेटको विकल्प खोज्न संभव हुँदैन ।’

उनले टरिगाउँ एयरपोर्ट विस्तार गर्न संभव नभएर संधै त्यसैमा लागेर जिल्लाकै अर्कौ कुनै ठाउँमा ठूलो विमानस्थल निर्माण गर्ने वा जेट बिमान जस्ता आधुनिक बिमान सेवा उपभोग गर्ने कुराबाट बञ्चित हुन नहुने तर्क गरेका थिए ।

‘एमालेले प्रदेश राजधानी दाङ सा¥यो,’ उनले थपे ‘ नीति गत अलमलका कारण धेरै संभावनाहरु टरेका छन् र संधै भरि यस्तै गरे दाङको विकाशको भविश्य ओझेलमा पर्न सक्छ ।’

त्यस्तै उनले यतिखेर तुलसीपुर–घोराही चार लेन सडक आधा चार लेन र आधा दुई लेनको रुपमा विकाश गर्ने कुरा आइरहेको भन्दै त्यसको विरोध गरे ।
‘हामीले त चार लेन नै बनाउने भनेका थियौ,’ उनले भने ‘ मैले डिल्लीबहादुर चौधरीजीलाई भनेको छु तपाँई शेरबहादुर देउवाजी कहाँ गएर सबै चारलेन बनाउन भूमिका खेल्नुहोस ।’ तर, चौधरीले हुन्छ भन्ने गरेपनि भने अनुसार काम नगरेको उनले गुनासो गरे ।

त्यस्तै काँग्रेस नेता दीपक गिरी लगाएतका नेताहरु यतिखेर गएर एरपोर्टको विकाश लगाएत जिल्लाको विकाशका सवालमा आफ्ना नेताहरुलाई झकझक्याउन जान नसकेको भन्दै उनले आलोचना गरे ।

आँफु दीपक गिरी, कृष्णबहादुर महरा, डिल्लीबहादुर चौधरी र तपाई संगै बसेर जिल्लाको विकाशको सवालमा काम कुरा गर्न तयार रहेको पनि उनले बताए ।

कतिपय सवालमा पत्रकारले पनि दलहरुका बीचमा तित्तता बढाउन भूमिका खेलेको भन्दै विकाशमा राजनीति गर्न नहुने बताए ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *