२०८२ मङ्सिर २३ गते मङ्गलवार

नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर हुन सक्छ स् अर्थमन्त्री शर्मा

काठमाण्डौ,साउन १७ । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन ।

आज मङ्गलवार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन । उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे ।

मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए ।

उनले भने, ‘किसानको भूमिका महत्त्वपूर्ण हो । हामीसँग भएको जमिन, जङ्गल र श्रम हो । यसको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा आज नेपाललाई समुन्नत गर्न सकिन्छ । उत्पादन वृद्धि गर्ने, आयातमा भर परेको अर्थतन्त्रलाई अहिले आन्तरिक उत्पादनमा आधारमा अर्थतन्त्र सुधार गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अहिलको वर्षको बजेट पास भएको छ । बजेटले किसानका महत्त्वपूर्ण भूमिकालाई अझ माथि उठाउन प्रयास गरेको छ । लघुवित्तहरूले ऋण दिनुपर्छ भनेर बजेट पास भएको छ । किसानको घर–खेतमा गएर लगानी गर्ने विषय अगाडि बढाएको छ । किसानलाई पेन्सनको कुरा बजेटमा आएको छ ।

कृषिमा आत्मनिर्भरता र औधोगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको छ । सबै उमेरकालाई कृषि क्षेत्रको उत्पादनमा सहभागी गरौँ । काठमाण्डौका लागि चाहिने तरकारी काठमाण्डौ आसपासको जिल्लाले उत्पादन गरौँ । अब आयात गरेर खाइरहेको कुरालाई अन्त्य गर्नुपर्छ । तरकारीमा अबको ६ महिनामा आत्मनिर्भर हुन सक्छौँ । औद्योगिक क्षेत्रमा चार वर्षमा ठूलो प्रगति गर्न सक्छौँ । कृषि उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्रमुखी बजेट कार्यान्वयनमा चुनौती रहेको छ । सबै मिलेर कार्यान्वयन गर्नुपर्छ ।’

मन्त्री शर्माले भूमिहीनहरूलाई जमिन दिएर, पुँजी नहुनेहरूका लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताए उनले कृषिमा जोडेमात्रै देशको अर्थतन्त्र सबलीकरण हुनसक्ने बताए ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *