२०७७ चैत्र ३१ गते मङ्गलवार

सक्सेस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु


तुलसीपुर, ६ फागुन ।
सक्सेस इङ्लिश बोर्डिङको स्कुलमा खेल सप्ताह सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको बोर्डिङले आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा आइतबारदेखि खेल सप्ताह सुरु गरेको हो । कार्यक्रमका अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले फुटबलको पेनाल्टी सुटआउट गरी खेल सप्ताहको उद्घाटन गरेका हुन् ।

करिब एक सातासम्म मनाइने खेल सप्ताहको पहिलो दिन पूर्व प्राथमिक तहका विद्याथीहरुबीच खेल भएको छ । खेल सप्ताहअन्तर्गत फुटबल, भलिबल, दौडलगायतका विभिन्न खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मेडल, पुरस्कर एवं प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता पूर्व प्राथमिक, प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीहरुको समूहमा हुनेछ ।

यसैबीच विद्यालयले विद्यालयको वार्षिकोत्सवको अवसरमा फागुन ७ गते ब्लड ग्रुपिङ कार्यक्रम रहेको छ भने फागुन ८ गते दन्त शिविर सञ्चालन हुनेछ । फागुन ५ गतेदेखि सुरु भएको खेल सप्ताह फागुन १० गतेसम्म चल्ने बताइएको छ । खेल सप्ताहको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक गोपाल गिरीले गरेका थिए ।

विद्यालयको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस ११ गते समापन हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षाविद्, पत्रकार, उद्योगी, व्यवसायीलगायत सम्पूर्णमा विद्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *