२०८२ माघ २८ गते बुधवार

रुपन्देहीको गैडहवामा दुई सातादेखि तालाबन्दी

रुपन्देही,साउन १६ । जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा गैडहवा गाउँपालिकाको कार्यालय गत २ साउनदेखि बन्द अवस्थामा रहेको छ ।

जनप्रतिनिधिले नै बिभिन्‍न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ सातादेखि पालिका कार्यालय सञ्चालनमा नआएकाले सेवाग्राही भने मर्कामा परेका छन् । सो तालाबन्दी खुलाउन कुनै पहलकदमी नभएपछि थप समस्या देखिएको हो ।

नेपाली कांग्रेस, जनमत पार्टी तथा ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

गाउँपालिकामा भ्रष्टाचार भएको, विकास निमार्णको काम अगाडी नबढाएको लगायतका माग राखेर सो तालाबन्दी गरिएको उनीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *