हेटौंडा,साउन ८ । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।
हेटौंडामा भएको नवौं महाधिवेशनबाट लम्साल अध्यक्ष निर्वाचित भएका हुन् ।
लम्सालले संस्थापन समूहकी अनिता बिन्दुलाई पराजित गरेका हुन् ।
डा. शेखर कोइराला समूहका लम्सालले विन्दुलाई पराजित गरे । औपचारिक मत परिणाम घोषणा हुन बाँकी छ ।
प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार