२०८१ बैशाख २२ गते शनिवार

बिरोध पछि युनिएनले घटायो मनोनयन शुल्क


दाङ, साउन ६ । नेपाल प्रेस युनियनमा विरोधपछि मनोनयन शुल्क घटाइएको छ। बिरोध पछि शुल्क घटाइएको छ।

अब अध्यक्ष पदका उम्मेदवारले मनोनयन दर्ता गर्दा २० हजार शुल्क तोकिएको छ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा १० हजार, उपाध्यक्षमा १० हजार, महासचिवमा १० हजार, उपमहासचिवमा १० हजार, सचिवमा १० हजार र कोषाध्यक्षमा १० हजार शुल्क तोकिएको छ।

केन्द्रीय लेखा आयोग संयोजकमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार र केन्द्रीय लेखा समिति सदस्यमा ५ हजार शुल्क निर्धारण गरिएको छ ।

यसअघि निर्वाचन समितिले अध्यक्ष पदका लागि ३० हजार, वरिष्ठ उपाध्यक्ष पदका लागि २५ हजार, उपाध्यक्षमा २० हजार, महासचिवमा २५ हजार, उपमहासचिवमा २० हजार, सचिवमा २० हजार, कोषाध्यक्षमा २० हजार, केन्द्रीय सदस्यमा १५ हजार, लेखा समिति संयोजकमा २० हजार र केन्द्रीय लेखा समिति सदस्यमा १५ हजार शुल्क तोकेको थियो।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था, नेपाल प्रेस युनियनको नवौं महाधिवेशन उद्घाटन हटौंडामा शुक्रबार प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए ।

९ वर्ष पहिले युनियनले आठौं महाधिवेशन पोखरामा गरेको थियो । अहिले अध्यक्ष पदमा संस्थापन पक्षबाट अध्यक्षमा अनिता विन्दु र संस्थापन इतरबाट शिव लम्साल चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन् ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *