२०८१ कार्तिक २३ गते शुक्रवार

मेरो उम्मेदवारी पदाधिकारीमा हुन्छ – नारायणी रजौंरे

केन्द्रिय सदस्यमा रेग्मीको उम्मेदवारी

तुलसीपुर,असार २६ । पत्रकारहरुको छाता संगठन नेपाल प्रेस यूनियनको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

सत्तारुढ नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको युनियनको आगामी साउन ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुने महाधिवेशनका लागि लोकतान्त्रिक धारमा रहेका पत्रकारहरुले सामाजिक सञ्जालमार्फत विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने लहर पनि चलेको छ ।

यसैक्रममा दाङको तुलसीपुरमा पत्रकार नारायणी रजौरे र चेतन रेग्मीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

आइतवार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा रजौरेले पदाधिकारीमा र रेग्मीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र मर्यादित पत्रकारिताका लागि आफुहरुले उम्मेदवारी दिन लागेको रजौरेले बताइन ।

विगत ढाई दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रजौरेले आफुले पदाधिकारीमा दावी गरेको र केही दिनमै पद सार्वजनिक गर्ने जानकारी समेत दिइन ।

रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहसचिव बालाराम खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *