२०८३ भाद्र १३ गते शनिवार

दाङका यी मनकारी युवाको सहयोगमा भयो उपचार गर्ने पैंशा नभएर घर फर्किदै गरेका प्यूठानका १३ बर्षीय बालकको उपचार

दाङ, असार २१ । घडीमा आइतबार बेलुकी सवा पाँच बज्दै छ । बुवा २० बर्षीय दुर्गाबहादुर डाँगी भित्ता छेउको पश्चिमतिरको बेडमा बसेपनि खुसी मुद्रामा बसिरहेका थिए । यो असार १९ गते बेलुकी ५ बजेपछिको कुरा हो ।


सम्मुखको नजिकै संगै बेडमा स्वास्थ्य लाभ गरिरहेका १३ बर्षीय छोरा सागरपनि त्यतिखेर निश्चिन्त जस्तै देखिन्थे । त्यो दिन अप्रेसन पछि राप्ती प्रादेशिक अस्पतालको जनरल वार्डमा सारिएका थिए ।


सागरको दाहिने हात कुहिनोको कब्जावाल जोर्नीदेखि थोरै मुन्तिरबाट भाँचिएको हुँदा आइतबार दिउँसो एक बजेतिर मात्रै अप्रेसन भएको हो । हाडजोर्नीका डा। हेमराज शर्माको टिमले सागरको अप्रेसन गरेको हो । शनिबार बिहान ८ बजेतिर घर नजिकै आँपको रुपमा आँप टिप्न भनेर चढेको बेलामा लडेर सागरको हात भाँचिएको रहेछ ।


चोट खेप्दाको पीडा कति हुन्छ रु त्यो भोग्नेलाई मात्रै थाहाँ हुने कुरा हो । अरुले अनुभू ित गर्ने र साहानुभूति दिने मात्रै हो ।तर पनि, त्यो पीडा भन्दा ठूलो खुसी निशुल्क उपचार पाएकोमा बाबु–छोरा मख्ख जस्तै थिए । सागर स्थानीय सरस्वती माबिमा कक्षा ७ मा अध्यन गर्छन । ‘ म त अब छिट्टै घर फर्किने पाउने भए र पढ्न विद्यालय जान पाउने भए’ सागरले भने ‘ कोही नहुनेको दैबे हुन्छ भन्थे हो रहेछ । हामीले दाङमा भगवानको रुपमा मानव भेटिम ।’


प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका वडा नं। १ बाँगेसालका डाँगी परिवार चरम गरिबीसंग जुधिरहेको परिवार हो । सागर लडेर हात भाँचिएपछि उनकी १६ बर्षीया दिदी सरला, ६ बर्षीया बहिनी कृष्णाका साथै उनीहरुकी आमाले चिन्ता ब्यक्त गरेपछि दुर्गाले छर छिमेकसंग उपचाकार लागि भनेर पाँच हजार ऋण सापटी मागेर ल्याएका थिए ।


मजदुरी गरि दूर्गाले साँझ बिहान परिवारको हातमुखको जोहो गर्ने गरेको बताए । ‘मैले दैनिक ज्याला मजदुरी गरेर परिवारको साँझ बिहानको गर्जौ टार्दै आएको छु,’ दूर्गाले भने ‘ छोराको भाँचिएको हातको अप्रेसन गर्ने कुरा म बुताको कुरै थिएन ।’
उनकै शब्दमा अपरिचित तर मानव रुपी भगवान जस्तै सहयोगी ब्यक्तिहरुको नजर छोराको भाँचिएको हातमा परेपछि मात्रै यो उपचार संभव भएको हो ।

‘छोराको हात भाँचिएपछि भगवान रुपी सहयोगी मानिसहरुको सहयोगले छोराको अप्रेसन सफल भएपछि म र मेरो छोरा निकै खुसी छौं,’ दूर्गाले भने ‘घरमा परिवार र छोरीहरु समेत अपरिचित ब्यक्तिको सहयोगले सागरको निशुल्क उपचार संभव भयो भन्ने सुनेर निकै खुसी छन् ।’


सहर बजारमा रुपैंया पैंशा नहुँदा गरिबले पानीपनि खान पाउँदैनन् भन्ने सुनेका दूर्गाले सहर बजारमा सहयोगी र दिलदार मानिसपनि उत्तिकै हुनेरहेछन् भन्ने आँफैले अनुभूति गर्न पाएको भन्दै उनले खुसी साटे ।

कृष्ण र रश्मिका कारण संभव भयो सागरको निशुल्क उपचार

बिहान उठेर सागरले आफ्नो विद्यालयका पोशाक धोइवरी नजिकै साथीहरु कहाँ गए । केटाकेटी अली चञ्चले नै हुन्छन् । साथीहरु संगै उनी रुखमा आँप टिप्न भनेर चढे । तर, एकाएक उनी रुखबाट लडे ।


सागर छटपटाउन थाले । दाहिने हात चलाउनै नसक्ने भयो । कुरा सागरको घर परिवारसम्म पुग्यो । बुढेसकालको साहारा एक्लो छोराको हात भाँचिएको थाहाँ पाएर दूर्गा उनकी श्रीमति र दिदी बहिनीका बीचमा रुवाबासी चल्यो । तर, रोयर मात्रै समस्या समाधान हुन थिएन ।


त्यसैले दूर्गा छिमेकी केहीको घरमा हात जोड्दै दौडिए । सागरको छटपटी देखेर छिमेकीले भएका पैंशा निकाले । पाँच÷ सात हजार संकलन भयो । त्यो पैंशा बोकेर छोरालाई सार्वजनिक बसमा राखेर दूर्गा उपचारका लागि भनेर दाङको घोराही आए ।
घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुगे । त्यहाँ एक्सरे गरे । हात भाँचिएको पुष्टि भयो । स्वास्थ्यकर्मीले सागरको भाँचिएको हातको अप्रेसन गर्नुपर्ने कुरा दूर्गालाई गरे ।


दूर्गाले सोधिहाले , खर्च कति लाग्ला रु स्वास्थ्यकर्मीले झन्डै ५० देखि ६० हजार लाग्छ भने पछि दूर्गा छोरालाई डो¥याउँदै त्यहाँबाट सुटुक्क बाहिर निस्किए । नजिकैको शिब मेडिकलमा पुगेर फेरि सोध पुछ गरे । त्यहाँका स्टापले २५देखि ३० हजार लाग्ने कुरा गरे ।


दूर्गाले अनुनयविनय गरे । तर, केही उपाए चलेन । दूर्गा आँशु पुच्छै एैयाआत्थु गरिरहेका छोरालाई डो¥याउँदै बाहिर निश्किदै थिए । त्यो सबै दृष्य कृष्ण खड्काले नियाली रहेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ बसापर्कका खड्का ६० बर्षीया आमा दिलसरा खड्काको उपचारका गराउन गएका थिए । आमा अशक्त रहेको हुँदा छोरा कृष्ण आँफै लाइनमा बसेका थिए ।


दिलसरा घोराही उपमहानगरपालिका वडा नं। ९ मछाहीमा बस्छिन । त्यही भएर कृष्णले आमाको उपचार गराउन सजिलोको लागि घोराहीमै लगेका रहेछन् । आमाको उपचारका लागि लाइनमा बसेको भएपनि युवा कृष्णको मनले मानेन । अगाडि पछाडिका लाइनका मानिसलाई आग्रह गरि सुटुक्क निस्किएर दौडिए । दूर्गा कृुष्णलाई डो¥याउँदै केही पर पुगिसकेका थिए ।


रोकेर कृष्णले दूर्गासंग सोधपुछ गरे । आँफुसंग छोराको भाँचिएको हातको उपचार तथा अप्रेसन गर्न सक्ने हैसियत नभएको हुँदा उपचार नगरी घर फर्किन लागेको बाध्यता उनले ब्यक्त गरे ।


‘ उहाँले यस्को भाग्य नै यस्तै रहेछ अब घर लगेर काप्रो (काठको सपोर्ट) बाँधेर घरेलु उपचार गर्नुपर्ला भन्नु भयो,’ कृष्णले भने ‘ घाइते बालक एक हातले अर्कौ हात समातेर र गहिरो पीडाका साथ निरास उभिरहेको देखेर मेरो मनपनि रसायो ।’
त्यसैले कृष्णले दूर्गालाई उनको छोरा सागरको उपचारमा लाग्ने सबै खर्च आँफुले बेहोर्ने भन्दै रोके ।


उनले उपचार पछि मात्रै घर फर्कन आग्रह गरे । घोराहीबाट – २४ किलोमिटर दुरी पश्चिममा पर्ने तुलसीपुरमा जान कृष्णले दूर्गालाई आग्रह गरे । होटेलको नाम, फोन नम्बर मात्रै दिएनन् त्यहाँ बस्ने खाने सबै प्रबन्ध गरिदिने वचन दिए ।
अपरिचित र एक कलकलाउँदो उमेरका एक युवाको कुरा सुनेर दूर्गा र उनका छोरा चकित भए । उनीहरुले आफ्नो अप्ठेरोमा भगवान नै सहयोगका लागि आएको महसुश गरे । कृष्णको आग्रहमा बाबु छोरा सार्वजनिक बस मार्फत तुलसीपुर तर्फ प्रस्थान गरे । कृष्ण फेरि आमाको उपचाकै लागि फर्किनु थियो ।


पेशाले त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका कर्मचारी कृष्णले तत्कालै चिनजानका र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका कर्मचारी रश्मि अधिकारीलाई त्यहीबाट फोन सम्पर्क गरि दूर्गा र उनको छोरा सागरको अवस्थाको बारेमा फेहरिस्त बताए । लाग्ने सबै खर्च आँफूले बेहोर्ने हुँदा तुलसीपुर पठाएको कुरा गरे ।


एक अल्लारे उमेरको युवक कृष्णको कुराले कर्मचारी अधिकारीको मनपनि नपग्लीने कुरै थिएन । अधिकारीले खड्कालाई फोनमै ‘गे्रट हार्ट’ भन्दै अस्पतालको तर्फबाट पनि सक्दो सहयोग गर्ने वचन दिए । कृष्ण आमा दिलसराको उपाचार पछि तुलसीपुर फर्किदा साँझ अबेर भइसकेको थियो ।


कृष्ण दूर्गा र उनका छोराका साथ अस्पताल पुग्दा शनिबार बेलुका अबेर भइसकेको थियो । अस्पताल प्रशासनले आइतबार दश बजे आउन सुझाब दियो । उनीहरुले त्यसै गरे । कृष्णले लगेर बाबु–छोरालाई होटेलमा राखे । सबै खर्चको ब्यबस्थापन आँफै गरे ।
आइतबार भनेकै समयमा उनीहरुलाई अस्पताल पु¥याए । अस्पतालको सेडुअल अनुसार मंगलबार र शुक्रबार मात्रै यस्तो खाले इञ्जुरीको अप्रेसन हुने ब्यबस्था छ । आपतकालिन उपचार र सिएस अर्थात अप्रेसन गरि बच्चा निकाल्ने बाहेक अरु अप्रेसन दैनिक हुँदैन थिए ।

कृष्णको सहयोगी मन देखेर अस्पतालका कर्मचारी अधिकारीले चिकित्सक र अन्य कर्मचारीसंग बिशेष आग्रह गरे । अधिकारीको कुराबाट सबै विश्वस्त भए । सागरको अप्रेसनमा लाग्ने खर्च अस्पतालले नबेहोरेपनि कर्मचारी अधिकारीले ब्यक्तिगत रुपमा ब्यहोर्ने बताइसकेका थिए ।


दिउँँसो १ बजेतिर डा. हेमराज शर्माको टिमले सागरको अप्रेसन सक्यो । उपचारमा सम्पूर्ण खर्च झन्डै २५ हजार जति पुग्यो ।
लागेको जम्मै खर्च विपन्न नागरिकका लागि उपचारमा लाग्ने खर्चको सिफारिस गरिने समाजिक सेवा इकाई मार्फत गर्ने भनेर सबैले निर्णय गरे ।

‘यसरी एक जना गरिब परिवारका बालकको निशुल्क उपचार संभव भयो,’ अस्पतालका कर्मचारी रश्मिले भने ‘सागरको सोमबार नै डिस्चार्ज भएर घर गइ सके ।’ सागरको बाबुले फोनमा आँफुहरुलाई प्यूठानबाट समेत धेरै धेरै धन्यबाद दिएको रश्मिले बताए ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *