तुलसीपुर, असार १६ । पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गर्ने श्रीमान बिरुद्ध श्रीमान बिरुद्ध श्रीमतीले ज्यानमार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता गराएकी छिन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.९ बेलुवा निवासी ४२ बर्षीय श्रीमान उज्ज्वल चनारा बिरुद्ध उनकी २८ बर्षीया श्रीमती माया श्रेष्ठ चनाराले इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर बुधबार ज्यानमार्ने उद्योग सम्बन्धी मुद्दा दिएकी हुन ।
मायाले दिएको मुद्दा दर्ता भइ सकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
मंगलबार दिउँसो साढे १२ बजेतिर श्रीमान उज्वलले श्रीमती मायालाई आफ्नै घर भित्रै पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गरेको र आँफु छिमेकीको छतबाट हाम फालेर ज्यान जोगाउन सफल भएको पीडित मायाले बताउँदै आएकी छन ।
मायाको कपाल, अनुहार, हात र खुट्टाका बिभिन्न भागहरुमा आगोले पोलेको घाउ खतहरु छन् । उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी छन ।
यो पनि हेर्नुहोस ।
श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउन खोजेको अभियोगमा श्रीमान पक्राउ