२०८३ भाद्र १० गते बुधवार

श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउन खोजेको अभियोगमा श्रीमान पक्राउ

दाङ, असार १५ । आफ्नै श्रीमतीलाई आगो लगाई हत्याको प्रयास गरेको अभियोगमा एक जना श्रीमान पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ बेलुवाका ४२ बर्षीय उज्ज्वल चनारालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरि थुनामा राखेको छ ।

चनाराले श्रीमती २८ बर्षीया माया श्रेष्ठ चनारालाई पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गरेको भन्ने अभियोग पछि नियन्त्रणमा लिनु परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।


आगोबाट मायाको आँखी भौंका साथै हात र खुट्टाका बिभिन्न भागहरुमा आगोले पोलेको घाउ खतहरु रहेका छन । उनी हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचाररत छिन । प्रहरीका अनुसार घटना मंगलबार दिउँसो साढे १२ बजेतिरको हो ।
मायाका अनुसार उनका श्रीमान उज्ज्वले दिउँसो आगो लगाउने भन्दै घर भित्र पेट्रोल छर्किए पछि मायाको शरिरमा पनि पेट्रोल छर्किएका थिए ।
श्रीमान उज्वलले सलाई कोरेर आगो लगाउन खोजपछि आँफुले सलाई खोसेर मुख भित्रै चपाएको मायाले बताइन ।
त्यसपछि ग्यास चुलो बालेर प्लाष्टिक सल्काएर श्रीमान उज्वलले आँफुमाथि आगो फालेर बाहिर गएपछि आँफु छिमेकीको छतमा हाम फालेर सडकमा आएपछि बल्ल अरु छिमेकी आएर आगो निभाइ दिएको मायाले फरककोणलाई जानकारी दिइन ।

मायाले यसअघि पनि पटक÷ पटक आँफुलाई श्रीमानले यातना दिने तथा हत्याको प्रयास गरेको बताएकी छिन ।
उनले आँफु १५ बर्षको हुँदा गिरी हुँ भनेर उज्जलले भगाएर गोरखाबाट ल्याएको जानकारी दिइन । घरमा आएपछि मात्रै आँफु दोस्रो श्रीमतिको रुपमा आएको भन्ने आँफुले थाहाँ पाएको उनले बताइन ।

उनीहरुबाट ६ बर्षीया एक छोरी छिन । उनी बिद्यालयमा गएको समयमा घटाना भएको थियो ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *