माघ २७ ।
भारतको पश्चिम बंगालका तृणमूल कांग्रेसका एकजना सांसदको गोली हानी हत्या भएको छ । सरस्वती पूजाका दिन आयोजित कार्यक्रममा सहभागी भएका तृणमूल कांग्रेसका सांसद सत्यजित विश्वासको गोली हानी हत्या भएको हो । कार्यक्रमको समयमा उनी मञ्चबाट ओर्लन लागेका बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । उक्त प्रहार गरेका बन्दुक भने प्रहरीले बरामद गरेको छ ।
तृणमूल कांग्रेसले भारतीय जनता पार्टीलाई घटनाको आरोप लगाएको छ । तृणमूल कांग्रेस पार्टीका महासचिव पार्थो चटर्जीले घटनाबारे आरोप लगाउँदै बीजेपीलाई बंगालका जनताले यो घटनाको जवाफ दिने चेतावनी पनि दिएका छन् ।सत्यजित विश्वास कृष्णगञ्ज विधानसभा सिटबाट निर्वाचित सांसद हुन् । एजेन्सी
प्रकाशित मिति : २०७५ माघ २७ गते आइतवार