२०८१ कार्तिक १८ गते आइतवार

अमेरिका भ्रमणको एजेन्डा जानकारी गराउन प्रधानमन्त्रीलाई संसदीय समितिको निर्देशन

काठमाण्डौ,असार ५ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई आसन्न अमेरिका भ्रमणको एजेन्डाबारे जानकारी गराउन निर्देशन दिएको छ ।

आज आइतवार सिंहदरबारमा बसेको समितिको बैठकले भ्रमणको मिति तय भएपछि एजेन्डाबारे जानकारी गराउन निर्देशन दिएको हो । समितिले आजको बैठकमा प्रधानमन्त्री देउवालाई पनि छलफलका लागि बोलाएको थियो । तर, उनी बैठकमा अनुपस्थित थिए ।

बैठकमा प्रधानमन्त्री अनुपस्थित भएकोमा ध्यानाकर्षण भएको समितिका सभापति पवित्रादेवी निरौलाले बताए । उनले बैठकमा प्रधानमन्त्री देउवा नआएर संसदीय समितिलाई अपमान गरेको बताए ।

आजको बैठकमा प्रधानमन्त्री देउवाको अनुपस्थितिलाई लिएर विवादसमेत भएको छ । प्रमुख विपक्षी दल नेकपा एमाले र सत्तापक्षकै माओवादी सांसदले प्रधानमन्त्री देउवाको आलोचना गरेपछि कांग्रेसका सांसद भने बचाउमा उत्रिए ।

नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति ‘खेदजनक’ भएको बताए । एसपीपीबारे प्रधानमन्त्री देउवाको जवाफ माग गरिएको तर, जवाफ दिन प्रधानमन्त्री अनुपस्थित हुनुले आशङ्का उब्जाएको उनको टिप्पणी छ ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री देउवाको बचाउ गरिन । उनले देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान भन्न नमिल्ने बताइन ।

भुसालले समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रूपमा नलिन आग्रह समेत गरिन ।

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवालाई अमेरिकासँगको स्टेट पार्टनरशिप प्रोग्राम ९एसपीपी०, परराष्ट्र नीति कार्यान्वयन, अमेरिका भ्रमणबारे जानकारी दिन बोलाइएको थियो ।

गएको शुक्रवार समितिले नेपाली सेना र रक्षा मन्त्रालयलाई एसपीपीसम्बन्धी सम्पूर्ण कागजात बुझाउन निर्देशन दिएको थियो ।

अब ती कागजात आएपछि प्रधानमन्त्रीसहित पुनः छलफलमा बस्ने सभापति निरौलाले जानकारी दिए ।

अस्तिको बैठकमा परराष्ट्र मन्त्री डा.नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी नेपालको हितमा नरहेको भन्दै सम्झौता नगर्ने बताए ।

प्रकाशित मिति : २०७९ असार ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *