दाङ, जेठ २६ । बाँकेमा मध्यरातमा कारको ठक्करबाट मृत्यु भएकी एक महिलाको अझैं सनाखन हुन सकेको छैन ।
बिहीबार बिहान कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ४ च १९७५ नम्बरको कारको ठक्करबाट अन्दाजी २५ बर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतकको अझैंसम्म सनाखत हुन नसकेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।
मृतकको पहिचान हुन नसकेको हुँदा पोष्टमार्टम हुन बाँकी नै रहेको एसपी आधिकारीले जानकारी दिए ।
कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार