तुलसीपुर, जेठ २२ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगर समितिले तुलसीपुर उपमहानगरपालिकाका वडाहरुमा निर्वाचित ५ वडाध्यक्ष एवं १८ जना वडा सदस्यहरुलाइ सम्मान एवं बधाइ ज्ञापन गरेको छ ।
नगरसभापति शुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी उच्च नेतृत्वले आफुहरु अल्पमतमा भएपनि कर्तव्य एर्व उत्तरदायित्व विमुन नबनेर जनताका काममा अहोरात्र खटिन आग्रह गरेका छन् ।
बधाइ दिंदै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसादडांगीले घोराही र तुलसीपुरको नतिजालाइ मात्रै हेरेर समग्र दाङको अवस्था विश्लेषण गर्न नहुने बताएका छन् ।
उनले कांग्रेस नेता कार्यकर्ताहरुमा विपक्षिका धेरै कुरा जान्ने तर आफ्ना वारेमा कुनै वहश गर्न नसक्ने प्रबृत्ति हावी भएको बताउंदै संगठनको मर्मभित्र बस्न सवै नेता कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् ।
निर्वाचित जनप्रतिनिधिहरुलाइ बधाइ दिंदै सभापति डांगीले जिल्लाले वगलाचुलिमा मात्रै गठवन्धन गरेको बताउंदै घोराही र तुलसीपुरमा गठवन्धन गर्ने चाहना जिल्लाको नभएर केन्द्रको निर्देशनमा भएको पनि बताए । ‘तैपनि निराश हुने अवस्था छैन, दाङका धेरै पालिका जित्यौ, जिल्ला समन्वय समितिमा पनि स्पष्ट वहुमत हाम्रै भएको छ’, सभापति डांगीले भने ।
सोहि कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नंवर ३ का सभापति जगत खड्काले अल्पमतमा भएपनि उत्तरदायित्व विमुख नहुन तुलसीपुरमा निर्वाचित जनप्रतिनिधिहरुलाइ आग्रह गरे ।
पार्टिमा संगठन गर्न नसक्ने र हारेपछि अन्तर्घात गर्यो भनेर कराउनुको कुनै अर्थ नरहने पनि क्षेत्रीय सभापति खड्काको अभिव्यक्ति थियो ।
बधाइ तथा सम्मान कार्यक्रममा निर्वाचन क्षेत्र ३ क का सभापति देवेन्द्र रिजालले संगठन भित्रकै असन्तुष्टिका कारण निर्वाचनमा पराजय भोग्नुपरेको बताउंदै सवै क्षेत्रमा भएका असन्तुष्टिहरुलाइ क्रमश सम्वोधन गरीनुपर्ने बताए ।
सो अवसरमा अर्का प्रदेश सभापति अभियान बस्नेतले संगठननै कमजोर भएको हो वा गठवन्धन कमजोर भएको हो भन्ने विषयमा फेरी एकपटक उच्च नेतृत्वले समिक्षा गर्नुपर्ने बताएका थिए ।
सो अवसरमा अर्का प्रदेश सभापति प्रकाश श्रेष्ठले पनि गठवन्धनको परीचालन अर्थपुर्ण रुपमा हुन नसकेको तथा मतदाता शिक्षा निकै कमजोर भएका कारण नेपाली कांग्रेसले घोराही र तुलसीपुर उपमहानगरपालिकामा यस अघि जितेका वडाहरु समेत गुमाउनु परेको बताए ।
नेपाली कांग्रेस तुलसीपुर नगर समिति महिला विभाग प्रमुख सुषमा अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सम्पुर्ण निर्वाचित वडा सदस्यहरुका तर्फबाट शेषमणि भण्डारी, सवै वडा सभापतिका तर्फबाट नेपाली कांग्रेस तुलसीपुर—२ का सभापति भिम वहादुरवली, निवर्तमान नगर उपसभापति भिम प्रकाश भण्डारीले बधाइ मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा निर्वाचित वडाध्यक्षहरु तुलसीपुर उपमहानगरपालिका—१७ का थलराज पुरी, वडा नंवर १४ का शंकर खड्का, ७ नंवर वडाका अध्यक्ष राम वहादुर जिसी र तुलसीपुर उपमहानगरपालिका—९ का अध्यक्ष घनश्याम ढकालले आफुहरु अल्पमतमा भएपनि जनताका काममा कहिल्यै विचलित नहुने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण नगर सचिव शुशिल वलीले गरेका थिए । कार्यक्रमको समापन गर्दै नगरसभापति शुरेश हमालले निर्वाचनको परीणामका सन्दर्भमा एकले अर्कालाइ आरोप प्रत्यारोप गर्ने प्रबृत्तिलाइ त्यागेर आगामि प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाइ विजयी बनाउन आग्रह गरे ।