२०८१ फाल्गुन २ गते शुक्रवार

दाङका केशर र सुशिला राष्ट्रिय बक्सिङको फाइनलमा

फोटो : केशर खत्री

लक्ष्मण बस्नेत,
दाङ, माघ २५ ।
काठमाण्डौमा जारी विर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा दाङका केशर खत्री र सुशिला थापा फाइनलमा प्रवेश गरेका छन् ।
विर गणेशमान फाउण्डेशन काठमाण्डौको आयोजनामा संचालित प्रतियोगितामा प्रदेश नं ५ को प्रतिनिधित्व गर्दै थापाले सेमिफाइनलमा प्रदेश नं ३ की शुस्मा तामाङलाई ४८ के.जी तौल समुहमा पराजीत गर्दै फाईनल यात्रा पक्का गरेकी हुन् ।

उनि नेपाल पुलिसकी दिवाना शेर्पा संग फाइनलमा भिड्नेछिन् । ८१ केजि तौल समुहमा प्रदेश न ४ का सुसन पुनलाई सेमिफाइनलमा पराजित प्रदेश न ५ को नेतृत्व गरेका केशरले फाईनल यात्रा पक्का गरेका हुन !त्यस्तै दाङका गणेश थापा सेमीफाइनल प्रवेश गरेका छन ।

पुरुष ६० के.जी तौल समुहमा प्रदेश नं २ का सुदिप घिसिङलाई क्वाटर फाईनलमा पराजीत गर्दै प्रदेश नं ५ को नेतृत्व गरेका गणेश थापाले सेमिफाइनल यात्रा तय गरे ।

 

यो पनि पढ्नुहोस 

दाङकी सुशिला राष्ट्रिय बक्सिङको फाइनलमा

प्रकाशित मिति : २०७५ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *