लक्ष्मण बस्नेत,
दाङ , माघ २५। काठमाण्डौमा जारी विर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा दाङकी सुशिला थापा फाइनलमा प्रवेश गरेकी छन् । विर गणेशमान फाउण्डेशन काठमाण्डौको आयोजनामा संचालित प्रतियोगितामा प्रदेश नं ५ को प्रतिनिधित्व गर्दै थापाले सेमिफाइनलमा प्रदेश नं ३ की शुस्मा तामाङलाई ४८ के।जी तौल समुहमा पराजीत गर्दै फाईनल यात्रा पक्का गरेकी हुन् ।
उनि नेपाल पुलिसकी दिवाना शेर्पा संग फाइनलमा भिड्नेछिन् । त्यस्तै दाङका गणेश थापा र केशर खत्री सेमीफाइनल प्रवेश गरेका छन ।
पुरुष ६० के।जी तौल समुहमा प्रदेश नं २ का सुदिप घिसिङलाई क्वाटर फाईनलमा पराजीत गर्दै प्रदेश नं ५ को नेतृत्व गरेका गणेश थापाले सेमिफाइनल यात्रा तय गरे भने ८१ केजी तौल समुहमा शसस्त्र प्रहरी बल एपी एफका गोकुल गुरुङलाई क्वाटर फाइनलमा पराजीत गर्दै केशर खत्रीले सेमिफाइनल पक्का गरे ।