दाङ, जेठ १७ । ६ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित युवा युवती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ का २४ बर्षीय पुजन राज कँवर र घोराही – १५ की २२ बर्षीया बिष्णु बुढा मगर रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।
सोमबार राति करिब पौने दश बजेको समयमा उनीहरु घोराही– १७ चौघेरास्थित सुवाश जिएमाको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिएमको घरमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरको ओसार पसार तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले कँवर र मगरका साथबाट ६ ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी रिजालले जानकारी दिए ।
प्लाष्टिकमा बेरेर पाँच वटा पोकामा राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ ।
बरामद लागु औषध प्लाष्टिकसहित तौल गर्दा ७.८७० ग्राम र प्लाष्टिक हटाएर तौल गर्दा ६ ग्राम तौल पुगेको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरु बिरुद्ध म्याद थप भइ आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
