२०८१ मङ्सिर २७ गते बिहिवार

तुलसीपुर १८ का वडाध्यक्षको पहिलो निर्णय ः विद्युत महशुल निःशुल्क गर्ने

कपिल लामिछाने,तुलसीपुर,जेठ १३ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ ले वडाका अति विपन्न घर परिवारलाई विद्युत महशुल निःशुल्क गर्ने निणर्य गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा दोस्रो पटक नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित माधव वली र उनको टिमले शुक्रबार पदभार ग्रहण गरेकै दिन विद्युत महशुलमा छुट दिने निणर्य गरेको छ ।

न्युनतम १ सय भन्दा कम महशुल आउने घरपरिवारलाई विद्युतसँग सहकार्य गरि वडाले नै तिरिदिने व्यवस्था गर्ने नवनिर्वाचित वडा अध्यक्ष वलीले बताए ।

गरिव तथा विपन्न परिवारहरु जो विद्युतको महशुल तिर्न समेत सक्नुहुन्न उहाँहरुका लागि बिशेष गरि यो कार्याक्रम फलदायी हुने भन्दै यस्तो निणर्य गरिएको नवनिर्वाचित वडा अध्यक्ष वलीले जानकारी दिए ।

जनताको सेवकको रुपमा बिगतमा राम्रो अनुभव संगालेका हामी सबै पुनः निर्वाचित भएका छौँ’ उनले भने–हामीलाई विश्वास गरि निर्वाचित गराउन सहयोग गर्नुहुने सम्पूर्ण वडाबासीहरुलाई धन्याबाद दिन चाहन्छौँ ।’

पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित वडा सदस्यहरु धन बहादुर बस्नेत, सितल प्रसाद बुढामगर, जुगिन्या चौधरी र बसन्ती सार्कीले आजबाट नागरिकको सेवक भएको बताए ।

जहाँ जस्तो सुकै समस्या परेपनि जनताको लागी सदैव काम गर्ने नवनिर्वाचित जनप्रतिनिधिको प्रतिवद्धता छ ।

यसैबिच पदभार ग्रहण गरेकै दिन वडा नम्बर १८ बाट स्वतन्त्र वडा अध्यक्षका प्रतिष्पर्धि बसन्त कुमार वलीले कार्यालयमा आई नवनर्विाचित वडा अध्यक्ष माधव वलीलाई बधाई दिँदै १३ बुँदाको सुझाब समेत पेश गरे ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *