दाङ, जेठ १२ । सल्यानमा नेकपा एमालेका नेता कार्यकर्ताले नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि मध्य रातमा आक्रमण गरि घाइते तुल्याएका छन् ।
त्यही क्रममा एक महिलामाथि जबरजस्ती बलात्कारको प्रयास पनि भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट त्रिबेणी गाउँपालिका वडा नं. २ राधागिटीका ३७ बर्षीय खिमबहादुर पुन घाइते भएका छन् । लाठी प्रहारबाट पुनको टाउको र शरिरमा गम्भीर घाउ खतहरु लागेका छन ।
जिल्ला अस्पताल सल्यानको उपचार पछि घाइते पुनलाई थप उपचारका बुधबार लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरि उपचार भइरहेको छ ।
पुन र उनको परिवारमाथि अनाहकका आक्रमण गर्ने तथा बलात्कारको प्रयास गर्नेसहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा एमालेका नेता कार्यकर्ताहरुमा त्रिबेणी–२ राधागुटीका २४ बर्षीय शोबबहादुर पुन, ३० बर्षीय जोगेन्द्र नेपाली, ४५ बर्षीय इन्द्रबहादुर पुन र एक १६ बर्षीय किशोर रहेका छन् ।
उनीहरुलाई ज्यानमार्ने उद्योग अन्तरगतको मुद्दा चलाइएको छ ।
त्यस्तै त्रिबेणी–२ राधागुटीकै २० बर्षीय जीवन नेपाली बिरुद्ध भने कुटपिटका साथै जबरजस्ती करणी अभियोगमाम मुद्दा दर्ता भएको डिएसपी खड्काले बताए ।
शारदाका मेयर भण्डारीले भेटे घाइतेलाई
नेकपा एमालेका नेता कार्यकर्ताको आक्रण्माबाट घाइते भइ उपचारार्थ अस्पताल भर्ना भएका नेपाली काँग्रेसका नेता तथा नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशका उपाध्यक्ष खिमबहादुर पुन र उनकी श्रीमतिलाई सल्यान शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले अस्पतालमा पुगेर भेटेका छन् ।
काँग्रेस सल्यानका सचिवसमेत रहेका मेयर भण्डारीले घटनाको निन्दा र भत्सना गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् । साथै उनले फेरि यस्ता घटना दोहरिय सैह्य नहुने चेतावनी पनि दिएका छन् ।
उनले समाजमा आपसमा मिलेर बस्नुको सट्टा झंझगडामा उत्रने कार्य तत्काल रोक्न आग्रह गरेका छन् ।