तुलसीपुर,जेठ ४ । स्थानीय तहको निर्वाचन अन्तरर्गत दाङका १० पालिका मध्ये हालसम्म ८ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
यी मध्ये नेपाली कांग्रेसले जिल्लाका ५ पालिकामा अध्यक्ष÷उपाध्यक्ष सहित २ पालिकामा उपाध्यक्ष जितेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ३ पालिकामा अध्यक्ष जितेको छ भने नेकपा एमालेले १ पालिकामा मात्र उपाध्यक्ष जितेको छ ।
नेपाली कांग्रेसले जितेका पालिका
लमही नगरपालिका ः गोजराज चौधरी – प्रमुख
लमही नगरपालिका ः लक्ष्मी योगी –उपप्रमुख
दंगीशरण गाउँपालिका ः शम्भु गिरी –अध्यक्ष
दंगीशरण गाउँपालिका ः पिमा खड्का–उपाध्यक्ष
बबई गाउँपालिका ः कुलबहादुर खत्री क्षेत्री– अध्यक्ष
बबई गाउँपालिका ः बमकुमारी खड्का –उपाध्यक्ष
शान्तिनगर गाउँपालिका ः प्रमोद बस्नेत –प्रमुख
शान्तिनगर गाउँपालिका ः प्रेमा कुमारी बुढाथोकी– उपाध्यक्ष
राजपुर गाउँपालिका ः शरद कुमार बुढाथोकी –अध्यक्ष
राजपुर गाउँपालिका ः धनपति यादव –उपाध्यक्ष
बंगलाचुली गाउँपालिका ः भक्तबहादुर जिसी – उपाध्यक्ष
गढवा गाउँपालिका ःशारदा कुमारी चौधरी –उपाध्यक्ष
माओवादी केन्द्र जितेका पालिका
बंगलाचुली गाउँपालिका ः तुल्सीराम पुन मगर –अध्यक्ष
राप्ती गाउँपालिका ः प्रकाश विष्ट –अध्यक्ष
गढवा गाउँपालिका ः यमनारायण शर्मा पोख्रेल –अध्यक्ष
नेकपा एमाले जितेका पालिका
राप्ती गाउँपालिका ः कमलापति चौधरी –उपाध्यक्ष
यसैबिच जिल्लाका घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा भने मत गणना चलिरहेको छ ।