
दाङ, बैशाख ३१ । बबई गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारको अग्रता कायमै राखेका छन् ।
काँग्रेसका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कुलबहादुर खत्रीले ७५० मत गणना गर्दा २९४ मत र उपाध्यक्ष पदकी उम्मेदवार बमकुमारी खड्काले २७१ म्त प्राप्त गरेकी छन ।
त्यस्तै नेकपा एमालेका गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार भुवनेश्वर पौडेलले २४४ र उपाध्यक्ष पदकी उम्मेदवार साबित्रा बिकले २३६ मत प्राप्त गरेकी छन् । पौडेल यसअघि पनि सोही गाउँपालिकाका अध्यक्ष थिए ।
यो गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार नेकपा माओबादी केन्द्रका भिमबहादुर वलीले १५३ र उपाध्यक्ष पदकी उम्मेदवार अञ्जु घर्तीले १६६ मत प्राप्त गरेकी छन् । बबईमा कुल २२ हजार १ सय ४४ मतदाता रहेकोमा १६ हजार ६ सय ६१ मत खसेको थियो ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
