दाङ,बैशाख २५ । नेपाली काँग्रेसबाट दलित महिला उम्मेद्वार बनेकी माया नेपाली माथी दुर्व्यवहार भएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ४ बाट उम्मेद्वार बनेकी नेपालीलाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले दुर्व्यवहार गरेको नेपाली काँग्रेस गढवाले जनाएको छ ।
शनिबार राति १० बजे उम्मेदवार नेपाली आफ्नो जेठाजुकाे घरमा बसिरहेको समयमा माओवादीबाट सोही वडाका वडाध्यक्ष उम्मेदवार हरिभगत चाैधरी (सानू) र माओवादी नेता बिरेन्द्र कुमार चाैधरीले गुण्डागर्दी शैलीमा दुर्व्यवहार गरेकाे कांग्रेसले दावी गरेकाे छ ।
उक्त घटनाको कांग्रेस गढवाका सभापती किरण पाैडेलले आइतबार विज्ञप्ती मार्फत बिरोध जनाउदै कारबाहीकाे माग समेत गरेका छन ।

प्रकाशित मिति : २०७९ बैशाख २५ गते आइतवार