२०८१ बैशाख ७ गते शुक्रवार

अनैतिक सम्बन्धको शंकामा हत्या


सल्यान, माघ २० ।
सल्यानमा छोरीको विहेको निम्तो दिन छिमेकी गाउँमा पुगेका एकजना व्यक्तिका हत्या भएको छ । शालिकराम चलाउनेले आफ्नी श्रीमती गोमा चलाउनेसँग अनैतिक सम्बन्ध रहेको शंकैशंकाको भरमा विवाहको निम्ता दिन घरमै आएका एभान बोहराको रड प्रहार गरी हत्या भएको बताइएको छ ।

जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नम्बर २ टाकुरा गाउँ निवासी शालिकराम चलाउनेले शंकैशंकाको भरमा सोही गाउँपालिका वडा नम्बर २ सालघारी निवासी ४२ बर्षीय एभान बोहराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी वीरेन्द्रबहादर शाहीले जानकारी दिए ।

माघ ४ गते विहान ८ः४५ बजे बोहरा आफ्नी छोरीको निम्ता दिन भनी चलाउनेको घरमा गएको बेला चलाउनेकी श्रीमती गोमा चलाउने र बोहराले एउटै कोठामा कुराकानी गर्दै रोटी खाएको देखेपछि उनीहरुका बीचमा अनैतिक सम्बन्ध रहेको आशंका गरी उनका श्रीमान् शालिकराम चलाउनेले बोहरालाई फलामको रडले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । बोहरा र चलाउने नाताले सोल्टी सोल्टिना हुन् । त्यसअघि पनि शालिकरामले उनीहरको बीचमा अनैतिक सम्बन्ध रहेको आशंकामा यातना र कुटपिट गर्दै आएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

फलामको रड (हथौडा) को लगातारको आक्रमणले एभान बोहराको मृत्यु भए लगत्तै शालिकराम चलाउने फरार भएका थिए । फरार चलाउनेलाई घटनाको ८ घण्टाभित्रै कुमाख लेखस्थित टावर मुनिको जंगलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ । लामो अनुसन्धानपछि चलाउनेले आफूले नै बोहराको हत्या गरेको स्वीकार गरेपछि आइतबार उनलाई सल्यान जिल्ला अदालतमा पेश गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *