दाङ,बैशाख २० । यही वैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनको लागि दाङमा मतपत्र आइपुगेको छ ।
जिल्लामा मतदानका लागि आवश्यक मतपत्र निर्वाचन आयोगले पठाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दाङमा चार लाख नाै हजार नाै सय दुई मतदाता रहे पनि चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।
२०७४ सालको पालिका चुनावकाे तुलनामा अहिले एक लाख १८ हजार सात सय २८ मतदाता थपिएका छन् ।
मतदानको दिन नजिकिँदै जाँदा उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन् भने आयोग चुनाव लक्षित तयारीमा जुटेको छ ।
प्रकाशित मिति : २०७९ बैशाख २० गते मङ्गलवार